काठमाडौं– अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ भर्ने समय मंगलबार सकिँदैछ।
कम्पनीले जेठ १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।
कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो। सो सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बंगलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले बताएको छ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।