काठमाडौं–आदर्श लघुवित्त वित्तीय संस्थाले असार १ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ। लघुवित्तले प्रत्तिकित्ता एकसय रुपैयाँ मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
लघुवित्तले निस्कासन गर्न लागेको कूल ६७ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आइपीओमा छिटोमा असार ६ र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निस्कासन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एपमार्फत् आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओलाई केयर रेटिङ्गस नेपालले केयर एनपी सिंगल बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।