काठमाडौं– टेकुमा पेट्रोल पम्पको टयांकीमा बिस्फोट भएको छ। बिस्फोटमा परी दुई जना घाइते भएका छन्। काठमाडौं महानगरपालिका–३२ स्थित कनक पम्पमा रहेको इन्धन राख्ने ट्यांकीको ढक्कन खोल्ने क्रममा बिस्फोट भएको हो।
बिस्फोटमा परेर पर्साको जगन्नाथपुर गाउँपालिका–३ घर भएका ३० वर्षीय किशोरी साह र सोही ठाउँ घर भएका १८ वर्षीय दीपककुमार साह घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
उनीहरु दुवैलाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।
पम्पकाे ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा खोल्दा बिस्फोट भएको प्रहरीले जनाएको छ। बिस्फोटमा किशोरी साहको बाँया खुट्टा, दुवै हात, अनुहार तथा छाती जलेको छ। दीपक कुमारको भने बाँया गाला जलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।