Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

कर्मा–पंकजको झगडा, कहाँ पुग्ला नेपाली फुटबल?

64x64
दीप सुवेदी सोमबार, जेठ २३, २०७९  ०७:११
1140x725

काठमाडौं– ‘अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा तपाईंको उम्मेदवारी किन?’ वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई यो प्रश्न सोधेको खण्डमा सहज उत्तर हुने गर्छ– ‘अध्यक्षज्यूले खोलो तरेपछि लौरो बिर्सनु भयो। एन्फा शुद्धीकरण अभियानमा होमिनु भएका उहाँ आफैं आर्थिक रूप अपारदर्शी हुनुभयो।’ 

कुनै समय एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेम्वाङ एकै सिक्काका दुई पाटो मानिन्थे। तर, हिजोआज उनीहरूबीच पानी बाराबारको अवस्था छ।

अहिले एन्फामा चुनाव लागेको छ। यस्तो बेला विगतका दुई ‘जिग्री’बीच हानथापको अवस्था हुँदा एन्फाका अन्य पदाधिकारी पनि विभाजित हुन थालेका छन्।

यो अवस्था चुनावी माहोलका बीच मात्र तयार भएको होइन। ‘कथा’ केही लामो छ। यी दुईको मित्रता एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाविरुद्धको संघर्षबाट जोडिएको थियो। थापा हटेसँगै ‘दुश्मनी’ सुरु भएको छ।

विश्व फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारको मुद्दामा गणेश थापालाई कारबाही गर्दा यी दुई पात्र ‘चेन्ज एन्फा’ को नारा बोकेर मैदानमा उत्रिएका थिए। फिफाले कारबाही गरेपछि पनि नेपाली फुटबलको बागडोर आफ्नो हातबाट उम्कन नदिन आफ्नै साला मणि कुँवरलाई अध्यक्षको प्रत्यासी बनाएका थिए। शेर्पा र नेम्वाङले नै कुँवरविरुद्ध मोर्चाबन्दी गरे। थापाको २२ वर्षे कार्यकालमा भएका भ्रष्टाचारलाई उजागर गर्न हातेमालो गरे। 

शेर्पाको टिमबाट उदाएका नेम्वाङ 
२०७५ सालको एन्फा चुनावमा कर्मा छिरिङ शेर्पाको प्यानल नै विजयी भएको थियो। अध्यक्षमा शेर्पाले ६३ मत पाउँदा मणिले १२ मत मात्र पाए। नेम्वाङले शेर्पाकै प्यानलबाट अत्यधिक मतसहित उपाध्यक्ष निर्वाचित भएका थिए। 

चुनाव जित्ने अभियानमा शेर्पाले जसरी स्वार्थ समूहसँग गठजोड गरे, त्यो नै अहिले उनका लागि ‘गलपासो’ बनेको छ। चुनाव जितेको केही दिनमा शेर्पा र मानार्थ अध्यक्ष टासी घलेको सम्बन्ध बिग्रिन पुग्यो। तर, यतिबेला उनै घले पुनः शेर्पाको समर्थनमा लागेका छन्। 

उतिबेला शेर्पासँगको ठाकठुकलगत्तै थापा समूह सक्रिय भएको थियो। यसले शेर्पालाई सशंकित पारेको थियो। शेर्पाले पदभार सम्हालेको दुई दिनपछि कार्यसमिति बैठकले इन्द्रमान तुलाधरलाई महासचिवमा मनोनीत गर्यो। तर, नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न कार्यसमितिकै अन्य सदस्यले विरोध जनाए। तुलाधरलाई महासचिव नियुक्त गर्दा नेम्वाङले त्यही बैठकबाट वरिष्ठ उपाध्यक्ष तोकिने अपेक्षा गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

सोही पदका लागि अर्का उपाध्यक्ष वीरबहादुर खड्काले पनि आफ्नो दाबेदारी प्रस्तुत गरे। उनले नेम्वाङ आफूभन्दा जुनियर रहेको भन्दै ‘वरिष्ठ’ नस्वीकार्ने बताए। तर, यसपटक खड्का उनै पंकजको प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन्। 

वास्तवमा त्यसबेला खड्काभन्दा नेम्वाङ ‘जुनियर’ नै थिए। तर, ‘चेन्ज एन्फा’को नारामा आफूलाई नजिकबाट सहयोग गरेको भन्दै शेर्पाले ‘भिटो’ प्रयोग गरेर नेम्वाङलाई वरिष्ठ बनाए। शेर्पाले आफ्नो कार्यकालको सुरुआतमा नेम्वाङलाई अन्य महत्त्वपूर्ण जिम्मेवारी पनि दिएका थिए। एन्फाको छात्रावास पुनर्निमाण, विराटनगरमा भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको व्यवस्थापनलगायतको जिम्मा नेम्वाङलाई दिइएको थियो।

शेर्पाविरुद्ध नेम्वाङको साँठगाँठ थापासँग
नेम्वाङप्रति शेर्पाको बढ्दो झुकाव देखेर एन्फामा असन्तुष्ट हुने जमात ठूलै थियो। यसैबीच नेपाली मूलका जर्मन नागरिक नवीन पाण्डेसँग शेर्पाको सम्बन्ध बिग्रिनु नै ‘शेर्पा–नेम्वाङ युद्ध’को सुरुआत थियो। 

जर्मनीबाट नेपाल फर्किएका पाण्डेलाई सुरुका दिन हिमालयन शेर्पा क्लबमार्फत् नेपाली फुटबलमा परिचय दिलाउने शेर्पा नै थिए। पछि उनी शेर्पा र नेम्वाङको ‘चेन्ज एन्फा’ अभियानमा सक्रिय भए। 

Xtrem

Xtrem

शेर्पा एन्फाको नेतृत्वमा स्थापित भएपछि पाण्डेले नेपालको प्रचलित कानुन विपरीत एन्फाको विदेश विभाग प्रमुखको जिम्मेवारी पाए। नेपाली मिडियामा यसको ठूलो विरोध भए पनि आफूलाई सघाउने पाण्डेलाई शेर्पाले संरक्षण गरिरहे। 

यसपछि चुलिएको पाण्डेको आत्मविश्वास पछि शेर्पाकै लागि ‘घातक’ बन्यो। पाण्डेले आफै एन्फा अध्यक्ष भएसरह एन्फा पदाधिकारीको मानमर्दन गर्ने, हरि खड्का, उपेन्द्रमान सिंह जस्ता नेपाली फुटबलका हस्तीहरूको लगानीको उपहास गर्ने र ‘ग्रुपिजम’ गर्ने गर्दा शेर्पाले बाध्य भएर उनलाई पदमुक्त गरे। 

पाण्डे त्यसपछि शेर्पाविरुद्ध लागे। ६ महिनाभित्र शेर्पालाई फिफा र एएफसीमार्फत पदच्युत गरेर नेम्वाङलाई एन्फाको अध्यक्ष बनाउने आश्वासन दिए। यस्तो आश्वासन पूरा हुन संभव नै थिएन। बरु पाण्डेले नेम्वाङलाई ‘भ्रष्टाचारी’ आरोपमा आफैंले जोविरुद्ध आन्दोलन छेडे, उनै गणेश थापा क्याम्पमा पुर्‍याइदिए। 

अहिले नेम्वाङको अध्यक्ष बन्ने अभियानमा पाण्डे र थापाको साथ छ। नेम्वाङले दुई वर्षदेखि शेर्पालाई आर्थिक पारदर्शिताको मुद्दामा घेर्न खोजेका छन्। तर, थापासँगको गठजोडले नेम्वाङलाई कमजोर बनाएको छ। जुन व्यक्तिलाई भ्रष्टाचारको मुद्धामा फिफाले १० वर्ष प्रतिबन्ध लगाएको छ र जसको प्रतिबन्धको अवधि समाप्त भएको छैन, त्यही मान्छे बोकेर चुनाव लड्न हिँडेका नेम्वाङको आर्थिक सुशासनको एजेन्डाले यही मार खाइसकेको छ। 

अब हेर्न बाँकी छ, आफ्नो सालोलाई चुनाव जिताउन नसक्ने गणेश थापाको दममा नेम्वाङले कसरी चुनाव जित्लान्? उनको सुशासनको नारा नेपाली फुटबललाई पुनः 'भ्रष्टाचारी'को हातमा सुम्पिनका लागि हो वा आफ्नै लागि, त्यो समयले बताउने छ।

प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्