• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पल शाह प्रकरण: किन थुनामै पठायो उच्च अदालत पोखराले?

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २०, २०७९  १९:१५
1140x725

काठमाडौं– नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पूर्णविक्रम शाह (पल शाह)को मुद्दा नटुंगिदै थुनामुक्त हुने चाहनामा तत्कालका लागि विराम लागेको छ। जबरजस्ती करणीको मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँ र नवलपुरकको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगेका शाहले फेरि थुनामै बस्नुपर्ने भएको छ। 

शाहको निवेदनमा माग गरिएअनुसार धरौटी वा साधारण तारेखमा रिहा नगरेर उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने दुवै जिल्ला अदालतको थुनछेक आदेशलाई सदर गरिदिएको छ। उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको बिहीबारको इजलासले शाहलाई थुनामा पठाउने दुई जिल्ला अदालतको आदेश बेरितको नदेखिएको भन्दै परिवर्तन गर्नु नपर्ने ठहर गरिदियो। 

पीडित होस्टाइल हुँदा पनि पल कमजोर!

आफ्नी नाबालिग छोरीमाथि शाहले पटक–पटक बलात्कार गरेको भन्दै गायिकाका बुवाले सुरुमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए। जबरजस्ती करणीको आरोपसहित आफूविरुद्ध जाहेरी परेपछि शाहले गत फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए। 

शाहले नाबालिक गायिकामाथि गैँडाकोटको एक होटलमा पनि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासी पूर्व (नवलपुर)मा पनि उनीविरुद्ध जाहेरी परेको थियो। 

दुवै जाहेरीमाथि अनुसन्धानको क्रममा पीडित बालिकाले शाहले आफूमाथि पटक पटक माया/प्रेमको नाटक गरेर जबरजस्ती करणी गरेको बयान दिएकी थिइन्। पीडितको बयानसँगै पलले दिएको बयानमा पनि घटना भएको संकेत मिलेको भन्दै प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेको थियो। 

तर, जिल्ला अदालत तनहुँमा बकपत्र गराउँदा पीडित भनिएकी किशोरी र उजुरीकर्ता (किशोरीका बुवा)ले बयान फेरे। आफूहरुले अरुको वहकाउमा लागी, आक्रोशमा आएर जाहेरी तथा बयान दिएको भन्दै अदालतमा बकपत्र गरे। 

पीडित पक्षले जिल्ला अदालतमा बयान फेर्नु अगाडि नै पल दुवै जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगेका थिए। पलको निवेदन उच्च अदालतमा विचाराधीन रहँदा पीडित पक्षले जिल्ला अदालतमा बयान फेरेको थियो। तर, पीडितले बयान फेरे पनि अदालतले पलको पक्षमा बलियो प्रमाण देखेन। 

Ncell 2
Ncell 2
nimb
nimb

उच्च अदालत पोखराले शाहसहित पीडित पक्ष र घटनासँग जोडिएका अन्य व्यक्तिको बयानलाई समेत आधार मानेर जिल्ला अदालतको आदेश परिवर्तन गर्न जरुरी नभएको ठहर गरेको हो। 

उच्चको यो आदेशपछि तत्काल थुनामुक्त हुने शाहको आशा सकिएको छ। यद्यपि उनी रिहाइको दाबी गर्दै सर्वोच्च अदालतसम्म पनि पुग्न सक्छन्। जिल्ला र उच्च अदालतको आदेशविरुद्ध शाह पक्ष सर्वोच्चमा निवेदन लिएर आउन पाउँछ। सर्वोच्च अदालतमा निवेदन नपरेको अवस्थामा भने जिल्लाले शाह विरुद्धको मुद्दामा निरन्तर सुनुवाइ प्रक्रिया अगाडि बढाउने छ। 

‘पीडितले बताए अनुसार चिकित्सकले उल्लेख गरेको विवरण, प्रतिवादीले मौकामा वयान गर्दा प्रदीप थापाको घरमा सुन्ने  क्रममा राति ११ः४५ बजे पीडितलाई म्यासेज गरी पीडित सुत्ने कोठामा गई भित्र पसी निजलाई बियर खान दिएको भनी खुलाएको मौकाको बयान देखियो,’ उच्च अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादीले पेस भएको अडियो रेकर्डमा भएको केही शब्दहरु आफ्नो भएको भनी स्वीकार गरी अदालतमा गरेको बयान, २१ दिन सम्म पीडितसँग बसेकी दूर्गा अधिकारीले पटक–पटक पीडितले आफूलाई जबरजस्ती करणी गरेको भनी बताएको भनी गरिदिएको घटना विवरण कागज हेर्दा उनी निर्दोष भन्नसक्ने देखिएन।’ 

नाबालिग गायिकामाथि बलात्कार घटनामा मतियारको भूमिका खेलेको आरोप लागेका कृष्ण जोशी भनिने कृष्ण प्रसाद जोशीले बयान गर्दा शाहले माया–प्रेम गरेको विश्वासमा पारी पटक–पटक जबरजस्ती करणी गरेको कारण म पीडामा छु भनेर बयान गरेको कुरालाई उच्चले थुनामा पठाउने आधार बनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

निरन्तर सुनुवाई गर्न उच्चको आदेश 

उच्च अदालत पोखराले यो मुद्दामा निरन्तर सुनुवाइ गरी किनारा लगाउन दुवै जिल्ला अदालतलाई आदेश गरेको छ।  'निरन्तर सुनुवाइमा राखी हेर्नुपर्ने प्रकृतिको प्रस्तुत मुद्दामा प्रतिवादीहरुका तर्फबाट उपस्थित विद्वान कानुन व्यवसायीले बहसको क्रममा अदालतमा भएको पीडित र जाहेरवाला समेतको बकपत्रको प्रतिलिपि पेस गरेको देखिएको...। अब अन्य बुझ्नुपर्ने प्रमाणहरु भए अविलम्ब बुझि निरन्तर सुनुवाइको प्रक्रिया अवलम्बन गरी यथाशिघ्र फैसला गर्नुहोला,’ उच्चको आदेशमा भनिएको छ।  

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्