काठमाडौं– रोल्पा जिल्ला कारागारमा खेताला कैदीको मृत्यु भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ।
अर्कैको नाममा जेल बसेर कैद भुक्तान गरिरहेका खेताला कैदी बाँकेको नेपालगञ्ज घर भएका सुन्दर हरिजनको यही जेठ ४ गते मृत्यु भएको थियो। उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले अनुसन्धान सुरु गरिएको जनाएको छ।
आयोगका सहसचिव टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै मोबाइल चोरीको आरोपमा नाबालक अवस्थामा कारागार चलान गरिएको सुन्दर हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा कैद भोगिरहेको अवस्थामा आत्महत्या गरेको जानकारी प्राप्त भएको जानकारी दिएका छन्।
प्रवक्ता शर्माका अनुसार घटनाका सन्दर्भमा मानव अधिकार आयोगले जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिइ, नेपाल सरकार लगायत सम्बद्ध निकायबाट भइरहेको कार्यको नजिकबाट अनुगमन गरिरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।