काठमाडौं– संयुक्त राष्टसंघ (युएन) मिसनमा प्रहरी सहभागिता बढाउनका लागि एक समिति गठन गरेर अध्ययनको काम भइरहेको छ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले समिति गठन गरेर युएन मिसनको सहभागिता कसरी बढाउन सकिन्छ भन्नेबारे काम भइरहेको बताए।
बिहीबार प्रहरी प्रधान कार्यालयमा भएको एक कार्यक्रममा सुरक्षा पत्रकारसँग अन्तक्रिया गर्दै आईजी सिंहले उक्त कुरा बताएका हुन्।
इन्डिभिजुल पुलिस अफिसर (आइपिओज्) र फर्म पुलिस युनिट (एफपियु) गरी दुईवटा मिसनमा प्रहरी कर्मचारी सहभागी हुँदै आएका छन्।
पछिल्लो समय एफपियु मिसनमा ब्यापक कटौती भएको छ। एफपियु मिसन कटौती हुँदा प्रहरी कर्मचारी शान्ति मिसनमा खटिएर आर्थिक लाभ लिनबाट वञ्चित हुँदै आएका छन्।
उक्त मिसनमा सहभागिता बढाउनका लागि एसएसपीको नेतृत्वका समिति गठन गरेर काम सुरु भएको आईजी सिंहले बताए।
‘युएन मिसन प्राथमिकतामा छ। मैले नेतृत्व गरेपछि यसलाई प्राथमिकतामा राखेको छु। हामीले एसएसपीको नेतृत्वमा समिति पनि गठन गरेर काम सुरु गरिसकेका छौं। यसलाई कसरी एक्फ्लोर गर्ने? कसरी एउटा प्रहरी जवान/हवल्दारहरूको मनोबल बढाउने भन्ने विषयमा अध्ययन भइरहेको छ। यद्यपी यसमा केही कठिनाइहरू छन्। सम्बन्धित ठाउँहरूमा हामीले कुरा पनि गरिहरेका छौं’, आईजी सिंहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।