काठमाडौं– झापाका विभिन्न स्थानहरूबाट मोटरसाइकल चोरीमा संग्लग्न रहेका ८ जना चोरी भएका १२ थान मोटरसाईकलसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा टिकुली नगरपालिका–५ सप्तरीका २७ वर्षीय करण महमद, झापाको गौरीगञ्ज गाउँपालिका–५ का १८ वर्षीय ओमप्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ का १८ वर्षीय समिर मिया, विर्तामोड नगरपालिका–५ का १८ वर्षीय विष्णु भण्डारी र करण मण्डल यसैगरी विर्तामोड नगरपालिका–३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ वर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका–१८ वर्षीय राहुल श्रेष्ठ रहेका छन्।
पक्राउ परेको यो समूहले अर्जुनधारा नगरपालिका–८ कदमगाछीमा रहेको अशोक बिहारीको ग्यारेज भित्रबाट र अर्जुनधारा–१० को अर्को मोटरसाइकल ग्यारेजबाट तथा झापाको अन्य विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेका थियो।
यसरी चोरी भएका १२ थान मोटरसाइकलसहित पक्राउ परेको यो समूहको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।