काठमाडौं– कम्युटर कोड (स्रोत संकेत) चोरेर बौद्धिक सम्पत्तिमा आघात पुर्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले तनहुँको भिमाद नगरपालिका–१ किहुँका ३५ वर्षीय सन्तोष सिग्देललाई पक्राउ गरेको हो।
म्याट्रिक्स सफ्टवेयर प्रालिका सञ्चालकसमेत रहेका सिग्देलमाथि बौद्धिक सम्पत्तिमा आघात पुर्याएको आरोप लागेको छ।
उनले राजस्व व्यवस्थापन नामक सफ्वयेरको सोर्स कोडमा अनधिकृत पुहँच पु¥याएर बौद्धिक सम्पत्तिमा आघात पुर्याएको भन्दै साइबर ब्यूरोमा निवेदन परेको थियो।
बौद्धिक सम्पत्तिमा आघात पुर्याई आर्थिक लाभ लिने मनसाय सिग्देलेको रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सिग्देललाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्यूरोका प्रवक्ता तथा एसएसपी नवीन्द अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।