काठमाडौं– प्रहरी कर्मचारीको बढुवा मेरिट वेशका आधारमा हुने प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बताएका छन्।
प्रहरी बढुवा हरेक पटकजसो विवादित बन्ने गरेकाले विवादरहित ढंगले आगामी दिन कसरी बढुवा गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा आईजी सिंहले मेरिट वेशको आधारमा बढुवा हुने बताएका हुन्।
आईजीको जिम्मेवारी सम्हालेको एक महिना पुगेको अवधिमा पत्रकारसँग अन्तरक्रिया गर्दै सिंहले भने, ‘मेरिट वेशको आधारमा बढुवा हुन्छ। एकै ब्याचीमात्रै प्रतिस्पर्धा हुन्छ। ब्याच मिचेर बढुवा हुँदैन।’
ब्याचभित्रका उत्कृष्ट व्यक्ति नै बढुवाको पहिलो सूचीमा अटाउने पनि सिंहकाे भनाइ छ।
उनले भने, ‘बढुवा प्रहरी अधिकृतको करिअरसँग जोडिएको हुन्छ। व्यक्तित्वसँग जोडिएको हुन्छ। त्यो मेरिट वेशमै हुन्छ। मेरिट वेशमै गर्नुपर्छ। कसैलाई टिपेर ल्याइँदैन। कार्यसम्पादन मूल्यांकन हुन्छ। एउटै ब्याचभित्र प्रतिस्पर्धा गराइन्छ। ब्याचमा बेस्ट मान्छे नै अगाडि आउँछन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।