झापा– जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट चोरी भएको ४ थान मोटरसाइकल बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेहरुमा पाँचथरको मिक्लाजुङ गाउँपालिका-५ घर भएका २१ बर्षीय चन्द्र कुमार योङया र २० बर्षीय सुरेन्द्र भनिने जिवन कुरुङवाङ रहेका छन्।
गत १३ गते दमक नगरपालिका-६ बाट हराएको मोटरसाइकल खोजतलास गर्ने क्रममा उनीहरुले चलाइ रहेको अवस्थामा फेला पारी दुबै जनालाई मिक्लाजुङ गाउँपालिका-६ शंखधर चोकबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जनालाई सोधपुछ गर्ने क्रममा उनीहरुले नै झापाका बिभिन्न स्थानहरुबाट चोरी गरेका अन्य ३ थान मोटरसाइकल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।