• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

जब बीपीको गतिविधि बुझ्न इन्दिरा गान्धीले खटाइन् ‘रअ’को प्रतिनिधि

अर्जुन ज्ञवाली शनिबार, जेठ २८, २०७९  ०९:४०
1140x725

(भारत निर्वासनमा रहेका) बीपी कोइराला सोसलिस्ट इन्टरनेसनलका नेताहरूलाई भेट्न बेलायत गए। उनी बेलायत जाँदा हान्स जेनिस्चेक सोसलिस्ट इन्टरनेसनलको जनरल सेक्रेटरी थिए। (बीपी कोइरालाको आत्मवृत्तान्त, संकलक : गणेशराज शर्मा, पृष्ठ ३२२)

बीपी कोइराला बिरामी भएर बम्बईको अस्पतालमा भर्ना हुँदा उनले निमन्त्रणा दिएका थिए। बीपी कोइारालाले हान्स जेनिस्चेकसँग कुरा गरे। हान्सले आफू जनरल सेक्रेटरीका रूपमा कर्मचारी जस्तो मात्र भएकाले नेपालमा हिंसात्मक संघर्ष मच्चाउने सहयोगका लागि समाजवादीहरूका सरकार भएका मुलुकहरूले सहयोग गर्न सक्छन्। म तपाईंलाई सम्पर्क स्थापित गरिदिन सक्छु भने। तत्पश्चात् बीपी कोइराला भ्रमण गर्ने क्रममा स्विडेन, जर्मन, इङ्ग्ल्यान्ड आदि मुलुकहरूको भ्रमण गरे। बीपीको गतिविधि बुझन इन्दिरा गान्धीले ‘रअ’को प्रतिनिधि खटाएकी थिइन्। बीपीको भेटघाटको सूचना बारेमा ‘रअ’ जानकार रहेको कुरा बीपीकै यो भनाइले पुष्टि गर्दछ। बीपी युरोपको भ्रमणपछि भारत फर्किए। उनी फर्कंदा एउटा समूह हतियार दिन तयार भएर आयो। बीपीले त्यो समूहको मानिसलाई हतियार कहाँबाट ल्याउँछौ भनेर सोधे। उसले जर्मनी आफ्नो ठूलो संगठन भएको बतायो र भन्यो– ‘हामी चेकोस्लाभियाको हतियार लिए पनि, पूर्व, पश्चिम जताको हतियार लिए पनि दिन सक्छौँ।’ (उही पृष्ठ ३२४)

अर्जुन ज्ञवाली

बीपीले त्यो मानिस भारतकै भएको र ‘रअ’को मानिस भनेर भनेका छन्। पछि बीपी कोइराला इङ्ग्ल्यान्ड जाँदा ‘रअ’को मानिसले भटेको थियो।

यसरी बीपी कोइरालाको सम्पर्क र गतिविधिका पछाडि ‘रअ’ले भेटघाट र सम्पर्कको सूचना लिएर इन्दिरा गान्धीलाई दिइरहेको कुुरा बीपीको आत्मवृत्तान्तको अभिव्यक्तिबाटै पुष्टि हुन्छ। बीपी र भारतमा इन्दिरा गान्धीलाई चुनौती दिइरहेका सोसलिस्ट पार्टीका जयप्रकाश नारायण ब्रिटिस–अमेरिकनसँग निकट थिए। इन्दिरा गान्धी तत्कालीन सोभियत संघसँग निकट थिइन्। बीपीको आफ्ना विरोधी अन्तर्राष्ट्रिय प्रतिस्पर्धीसँगको सम्बन्ध गान्धीले थाहा पाएपछि नै उनलाई नियन्त्रण घेराबाहिर जान नदिने निर्णय गरिन। तत्पश्चात् बीपीसँग कुनै पनि विकल्प भएन। यो अवस्थामा उनी नेपाल फर्किने निर्णयमा पुगे। 

जब इन्दिरा गान्धीले बीपीको सोसलिस्टसँगको सम्बन्ध र सहयोग विपक्षी जयप्रकाश नारायणमार्फत आफैँलाई खतरा हुने देखिन्, त्यसपछि बीपीसँगको सम्बन्धमा पुनर्विचार गर्न पुगिन्। तत्पश्चात् भारतले बीपी र कांग्रेसको गतिविधिमाथि नियन्त्रण गर्न थाल्यो। यहाँसम्म कि एउटा मिनी बसको तल गोप्य बाकस बनाएर माथिबाट प्लेटले ढाकेको अवस्थामा अत्याधुनिक १२ सय थान हतियार र जर्मन यात्रीसहितको गाडी पक्राउ पर्‍यो। (जगत नेपालः बीपी विद्रोह, पृष्ठ २८६)

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैगरी जर्मनीका सोसलिस्टहरूले पठाएका हतियार भारत/पाकिस्तान सीमाको बाधा क्षेत्रमा भारतीय सुरक्षा फौजद्वारा नियन्त्रणमा लिई जफत गरियो। यसरी अन्तर्राष्ट्रिय रूपमा आफ्ना विरोधी सोसलिस्टहरूको योजनामा बीपी अघि बढेपछि इन्दिरा गान्धी झ्स्किन्। भारतमा त्यति बेला गान्धीविरुद्ध जयप्रकाश नारायणलगायत सोसलिस्टमा आबद्ध विपक्षीहरूले ठूलो आन्दोलन गरेका थिए। बीपीलाई अन्तर्राष्ट्रिय समाजवादीहरूले गरेको सहयोग जयप्रकाश नारायणमार्फत इन्दिरा गान्धीविरुद्ध प्रयोग हुने सम्भावना र आफैँलाई खतरा हुने देखेपछि बीपीका गतिविधिमाथि नियन्त्रण गर्दै सीमारेखा तोकिन्। 

यसकारण बीपी बाध्यात्मक रूपमा नेपाल फर्किनुपर्‍यो। यही नै वि.सं. २०३३ पौष १६ गतेको कथित राष्ट्रिय मेलमिलापको नारा हो। वि.सं. २०३३ साल माघ ५ गते इन्दिरा गान्धीले सङ्कटकालको अन्त्य गरी निर्वाचन घोषणा गरिन्। यो निर्वाचनमा इन्दिरा गान्धीको दल कांग्रेस पराजय भयो। निर्वाचनको जनादेश आएपछि २०३३ साल चैत्र १० गते मोरारजी देसाई प्रधानमन्त्री बने। तत्पश्चात् सोसलिस्टमा आबद्ध बीपीका मित्रहरू भारतीय सत्ताका सञ्चालक भए। सत्तामा आउनासाथ जनतापार्टीका नेता चन्द्रशेखर काठमाडौँ आएर राजासँग भेटे। (नेपाल : पृष्ठ २९८)

यी घटनाक्रमले पनि प्रस्ट पार्छन्, बीपी र इन्दिरा गान्धीको बेमेल बीपीको नेपालको राष्ट्रिय चिन्ताका कारण होइन। तत्कालीन रुसी ध्रुव र ब्रिटिस–अमेरिकन धु्रवबीचको राजनीतिक टकरावमा बीपी ब्रिटिस/अमेरिकी कित्तामा उभिएपछिको अवस्था हो। यसलाई इतिहासका अन्वेषकहरूले भावी दिनहरूमा त्यही किसिमले बुझने/अनुसन्धान गर्नेछन्। २०३२ सालसम्म बीपीले भारतलाई यसरी गुहार्दै थिए- “भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो। तर दुर्भाग्य के हो भने भारतमा नेपालको सम्बन्धमा जति अज्ञानता छ, अरू कुनै ठाउँमा छैन। एकातर्फ इतिहास भूगोलका प्रसङ्गलाई समातेर हिन्दूस्तानीहरू आत्मसन्तुष्ट हुन्छन्। कतिपय नेपाल एउटा हिन्दू राज्य हो भनेर गद्गद हुन्छन्। म उनीहरूलाई सोध्न चाहन्छु, हिन्दू राज्य भनेको के हो ? के हिन्दूस्तान पनि हिन्दू राज्य हो। हाम्रो देशको राजा दमनकारी छ, ऊ हिन्दू हो भनेर हामी गद्गद हुँदैनौँ। तपाईंहरू यहाँ हिन्दूस्तानमा त्यो राजा हिन्दू भएकाले खुसी हुन थाल्नुभयो भने नेपालका जनतालाई मर्का परेको समस्याप्रति तपाईंहरूले जनविरोधी भावना राखेको हुनेछ।” (बीपी कोइराला : भारतीय जनतासँग सहानुभूति र सहयोगका लागि अपिल : तरुण, मे १९७५/जेठ २०३२)

(इन्डिगो इन्क प्रकाशनबाट प्रकाशित पुस्तक ‘बीपी, बाइबल र कांग्रेस’बाट)

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्