• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य अब कता?

64x64
राजेन्द्र बस्नेत बुधबार, जेठ १८, २०७९  ०९:०४
1140x725

स्थानीय तहको निर्वाचन परिणाम आइरहँदा कतिपयले नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्यलाई लिएर प्रश्न उठाए। कतिपय कार्यकर्ताले भने पार्टी गठनको एक वर्षमा नै पाएको नतिजालाई उत्साहको रूपमा लिए। उता, आलोचना गर्नेहरूले एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले ‘कांग्रेसको बुई चढेर’ चुनाव जितेको भन्नसमेत भ्याए।

तर, कांग्रेसलाई जोडेर एकीकृत समाजवादीको मूल्यांकन गर्नेहरूले नतिजालाई गहिरो गरी हेर्न सकेनन्। कांग्रेसले जितेका स्थानीय पालिकामा पनि एकीकृत समाजवादी र माओवादी केन्द्रसँगको गठबन्धनले काम गरेको छ। कतिपय स्थानीय तहमा एकीकृत समाजवादी एक्लै प्रतिश्पर्धा गरेर पनि फराकिलो जित हासिल गरेको छ।

रौतहटको गौर नगरपालिकामा कुनै दलसँग पनि गठबन्धन नगरेको एकीकृत समाजवादीका मेयर पदका उम्मेदवार शम्भु साहले निकट प्रतिश्पर्धी लोसपाका उम्मेदवारलाई करिब दोब्बर मतान्तरले पराजित गरे। यहाँ नेपाली कांग्रेस तेस्रो हुँदा नेकपा एमालेका उम्मेदवारले जमानत पनि जोगाउन सकेनन्। रौतहटको राजदेवी नगरपालिकामा पनि एकीकृत समाजवादीका मेयर र उपमेयरका उम्मेदवारले निकटतम् प्रतिश्पर्धी कांग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरले हराए।

राजेन्द्र बस्नेत

एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाएको समग्र नतिजा हेर्ने हो भने निराशाजनक स्थिति छैन। पार्टी गठन भएको एक वर्षभित्रै राम्रो जनसमर्थन पाएको छ। किनकि, आर्थिक, सामाजिक र बाह्य हस्तक्षेप हुने हाम्रो जस्तो मुलुकको चुनावको परिणाम प्रभावित कसरी हुन्छ जनताबाट छिपेको छैन।

एकीकृत समाजवादी पार्टी एमालेबाट टुक्रिएर बनेको हुनाले व्यक्तिगत रूपमा माधव नेपाललाई सक्दो बदनाम गर्ने कुचेष्टा भयो। ग्रामीण क्षेत्रसम्मका अनलाइन सञ्चारमाध्यम र बुद्धिजीवी, अराजनैतिक हुल, एक तहका कांग्रेससम्म पनि माधव नेपालको बदनामी गर्न लागे। यही स्थानीय चुनावमा पनि कांग्रेसको एक खेमा एमालेसँग आन्तरिक सहकार्य गरेको प्रष्ट रुपमा देखिन्छ। जबकि, इलाम, खोटाङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दैलेखलगायत मात्र नभएर सुदूरपश्चिमका कतिपय जिल्लामा कांग्रेसलाई जिताउन एकीकृत समाजवादीकै महत्त्वपूर्ण भूमिका रह्यो।

एमालेका नेताहरू त एकीकृत समाजवादीको दर्ता खारेज गर्नसम्म उद्दत रहेका थिए। गठबन्धनमा रहेको माओवादी केन्द्रले पनि चुनावमा एकीकृत समाजवादीलाई इमान्दारपूर्वक सबै ठाउँमा सहयोग गरेन। माओवादी केन्द्रलाई पनि कसरी आफ्नो अस्तित्व कायम राख्ने भन्ने डरले सताएको हुनसक्छ। तर जे भने पनि, माधव नेपालको ढाडमा टेकेर कांग्रेसले स्वयम् एकीकृत समाजवादी र एमालेको टाउकोमा हथौडा ठोकेकै हो। 

यो विषयलाई माधव नेपालले र रामकुमारी झाँक्रीले बेलाबेलामा स्थानीय तहका चुनावी सभामा व्यक्त गरेका शब्द र भाषणले देखाउँछ। नेताहरूले सामाजिक सञ्जालमा व्यक्त गरेको असन्तुष्टिले पनि देखाउँछ। किनभने, स्थानीय तहको उम्मेदवार भागबन्डादेखि नै एकीकृत समाजवादी गठबन्धनका दलहरूकै पेलाइमा परेको थियो।

कांग्रेसको एक हिस्साले गठबन्धन हुनुहुँदैन भन्ने अडान राखिरहँदा निर्णय हुन ढिला भयो। त्यसको असर उम्मेदवारको चयनमा पर्‍यो। समयमा उम्मेदवार छनौट हुन सकेन। यी सबै घटनाका बाबजुद एकीकृत समाजवादीले आफ्नो प्रभाव छाडेको छ। त्यसैले, अब आउने संघ र प्रदेशको चुनावलाई ध्यानमा राखेर संगठन निर्माणमा लाग्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, संगठन निर्माण भइरहँदा एकीकृत समाजवादीमा पनि एमालेको हावाले छोएको छ। किनकि, जातीय, क्षेत्रीय र लैंगिक रुपमा पार्टीको निर्माण हुन सकेको छैन। संख्याले मात्र नभइ विचारले संगठन बन्छ। हुल भनेको चुनावमा काम लाग्छ। तर, पार्टी संचालन गर्न हुलभन्दा वैचारिक मान्छेलाई समेट्न जरुरी हुन्छ।

एकीकृत समाजवादीमा धेरै पुराना कार्यकर्ता छन्। २०१० सालदेखि २०४७ सालअघिका प्रशिक्षित र अध्ययनशील कार्यकर्ता छन्, जसले सधैँ होइन, कमसेकम एक पटकका लागि आर्थिक र राजनीतिक पाटोलाई राम्रोसँग प्रशिक्षण दिएर पार्टीलाई सैद्धान्तिक रुपमा मजबुत बनाउन सक्छन्। जो, लोभलालचमा फसेका छैनन्। अब कार्यकर्तालाई प्रयोग गरेर पार्टीलाई सैद्धान्तिक रूपमा बलियो बनाउन सकिन्छ।

के माओवादी केन्द्र वा एमालेसँग एकीकरण संभव छ?
एकीकृत समाजवादी पार्टी चौबाटोमा खडा भएको छ। जहाँ चारैतिर ठूलाठूला खाल्डा छन्। नेतृत्वले बुद्धि नपुर्‍याउँदा वामदेव गौतमको जस्तो हालत क्षणभरमा हुनसक्छ। एकीकृत समाजवादीमा लागेका कार्यकर्ता र समर्थन गर्ने जनता पनि निराश बन्न सक्छन्।

त्यसैले एकीकृत समाजवादीले विचार र संगठन निर्माणमा गम्भीर भएर लाग्नुपर्छ। तर, कतिपयले एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकीकरण हुनुपर्ने बताउने गरेका छन्, जसको संभावना छैन। यसका मुख्य तीन कारण छन् :

१. प्रचण्ड बाँचुन्जेल आफैं पार्टी प्रमुख रहिरहन चाहन्छन्। किनकि, उनी पार्टी प्रमुखबाट हट्ने बित्तिकै उनको राजनीतिक अस्तित्व खतरमा पर्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उनी पर्दापछाडि पर्छन् र पानी बेगरको माछाजस्तो छट्पटाहट रहन्छ। स्वभावैले नेपाली नेताहरु चर्चामा आइरहन चाहन्छन्। उनीहरु भलै राष्ट्र र समाजलाई केही दिन किन नसकून्? त्यसैले प्रचण्डलाई पार्टी प्रमुख बनाएर एकीकृत  समाजवादी र माओवादी केन्द्रको एकीकरण संभव छैन।

२. यदि, माओवादी केन्द्रसँग एकीकरण हुँदा माधव नेपालले बराबरीकै हैसियत पाए पनि एकीकृत समाजवादीको सिंगो कमिटी तलदेखि माथिसम्म माओवादी केन्द्रमा एकीकरण हुँदैन। पार्टी तीन टुक्रा हुन्छ। एक हिस्सा एकीकरणमा जान्छ, अर्को एमालेमा प्रवेश गर्छ र तेस्रो हिस्सा स्वतन्त्र वा विद्रोही रुपमा रहिरहन्छ। जस्तै, भरत दाहाल, मुमाराम खनाल, डा. सुरेन्द्र केसी यस्तै तेस्रो हिस्साका उदाहरण हुन्। यस्तो भए आज माधव नेपाललाई सम्मान गर्नेहरू भोलि विरोधी भएर जान्छन्। त्यसैले माओवादी केन्द्रसँग एकीकरण गर्नु माधव नेपाललाई आत्मघाती हुनेछ।

३. जनयुद्ध ताका गरिएका घटनाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बदनाम गरिएको छ। सिर्फ प्रचण्ड मात्र जनयुद्धको अपराधी भएको चित्रण गरिएको छ। माओवादी केन्द्रमै रहेका अन्य नेतालाई खुल्याउने प्रयास गरिएको छ।  तर, एमालेमा गएका बादल, टोपबहादुर, लेखराज, मणि थापा वा माओवादी छाडेका बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेल र नेत्रविक्रम चन्द विप्लव पनि यसका दोषी हुन्। यस्तो अवस्थामा एकीकरण हुन संभव देखिँदैन। 

उता, कतिपयले एमालेसँगै एकीकरणको संभावना पनि बताउने गरेका छन्। यो संभावना त झनै देखिँदैन। यसका पनि मुख्य दुई कारण छन् :

१. हिजोका दिनमा एमालेका कार्यकर्ताभन्दा ‘केपी ओलीका कार्यकर्ता’ले धेरै साथीको ‘राजनीतिक हत्या’ गरेका छन्। जुनसुकै कमिटी बनाउँदा को–कसको गुट वा पक्षमा लागेको छ, त्यसको आधारमा विभेद गरिएको थियो। कार्यकर्तालाई पार्टीको आम्दानीको रुपमा प्रयोग मात्र गरिएकाले त्यस्ता कार्यकर्ता एमालेमा जाने संभावना कम छ। ती कार्यकर्ता कि माओवादीमा जान्छन्, कि त स्वतन्त्र रहन्छन्। यदि, अब एकीकृत समाजवादी र एमालेको एकीकरण भए केही कार्यकर्ता मात्र एमालेमा फर्किने छन् र अन्तमा माधव नेपाल वामदेव गौतमकै बाटोमा पुग्नेछन्। वामदेव गौतमले तत्कालीन नेकपा मालेलाई एमालेसँग एकीकरण त गरे, तर धेरै कार्यकर्ता माओवादीमा गए। केही सीपी मैनालीसँग रहे। केही मात्र एमालेमा फर्किए। त्यसैले वामदेवको एमाले अध्यक्ष र प्रधानमन्त्री हुने सपना अधुरै भयो। त्यसरी नै माधव नेपालको राजनीतिक अस्तित्व पनि खतरामा रहन सक्छ।

२. माधव नेपालको उत्तम विकल्प भनेको यही पार्टीलाई बनाउने र अरु साना वाम घटक, स्वतन्त्र वाम बुद्धिजीवीलाई निस्वार्थ रुपमा स्वागत गर्ने नै हो। हामीलाई थाहा छ, २०३६ सालतिर माले विरोधीलाई पनि संगठनको पक्षमा तानेर काम गर्दै जाँदा यत्रो एमाले बनेको हो। त्यसैले एमालेसँग मिसाएर अब कार्यकर्ता र शुभचिन्तकको अपमान गर्न हुँदैन। माधव नेपालले झुक्न सिक्नुपर्छ, त्यसको अर्थ फेरि पनि केपी ओलीलाई पार्टी बुझाउने होइन। बरु, संगठन बनाउन समय र त्यागको आवश्यकता पर्छ।

प्रष्ट आर्थिक र राजनीतिक विचार
१. राजनीतिक विचार
राजनीतिक प्रणालीप्रति पूर्णरूपमा व्याख्यात्मक भएर जानुपर्छ। कम्युनिष्ट प्रणालीमा पनि बहुदलीय प्रणाली अवलम्बन गर्न सक्ने किसिमको हुनुपर्छ। जस्तो, मदन भण्डारीले ‘बहुदलीय जनवाद’ कस्तो हो भन्ने उहाँले छोटो समयमा व्याख्या गरे पनि त्यसलाई एमालेमा पहिले वा अहिले पनि कमाइ खाने भाँडो बनाइएको छ। चुनावको बेला मदन भण्डारीको नामको गीत गाउने, तर दर्शन रद्दीको टोकरीमा फाल्ने काम भएको छ। त्यसलाई व्याख्यात्मक रुपमा एमालेले पनि अगाडि सारेको छैन।

एमाले कम्युनिष्ट भन्दा पनि सामन्तवाद, दलाल नोकरशाही पुँजीवादलाई संरक्षण गर्नेतिर उन्मुख छ। कम्युनिष्ट पार्टीले त कार्यकर्तालाई उत्पादनमा लगाउने र वैचारिक रूपमा प्रतिबद्ध गराउनुपर्छ। तर, अहिले टोलटोलमा ठेकेदार जन्माउने र कमिसन उठाएर खाने प्रवृत्ति बढेको छ। यस्तैगरी, एकीकृत समाजवादीले पनि यही बाटोमा जाने हो भने भविष्य राम्रो देखिँदैन।

अन्य पार्टीभन्दा फरक देखाउन कार्यकर्तालाई आर्थिक उत्पादनमा जोड्न सक्नुपर्छ। ठूलाठूला कमिटी बनाएर कार्यकर्तालाई बेरोजगार र भ्रष्ट बनाउनु हुँदैन। उत्पादनमा जोडिएका कार्यकर्ताबाट पार्टीको साख जोगिन्छ। उत्पादनमा मात्र जोडेर पुग्दैन, अध्ययनशील पनि बनाउनुपर्छ। समय–समयमा प्रशिक्षणको पनि आवश्यक पर्छ। समयअनुसार कार्यकर्तालाई प्राविधिक तालिम दिनुपर्छ।

फगत ‘मार्क्सवाद’ भनेर जनताले पत्याउनेवाला छैनन्। मार्क्सवाद धर्मग्रन्थ होइन। यो विज्ञान–प्रविधि र समाजको चेतनाअनुसार राज्य प्रणालीको स्वरुपमा पनि परिवर्तन हुनसक्छ। मार्क्सवादका आधारभूत सिद्धान्त परिवर्तन नहुनसक्छन्, तर व्याख्याको तरिका फरक हुन्छ। समय र घटनाले त्यसलाई प्रभावित गर्छ।

नेपालको संविधानमा ‘समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने’ उल्लेख गरे पनि वा घनश्याम भुषालले पुँजीवादमा फड्को भने पनि अहिले हामी सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र अर्धऔपनिवेशमा नै छौँ। त्यसको उदाहरण अहिलेका पाँच वर्षको गतिविधिले देखाउँछ।

संविधानमा लेखेर हुँदैन, बोलेर मात्र पनि हुँदैन। सामाजिक धरातलमा देखिनुपर्छ। जनता वा समाजमा परावर्तन हुनु जरुरी छ। त्यसैले माक्र्सवाद वा बहुदलीय जनवादलाई फेरि व्याख्या गर्नु आवश्यक छ। एमालेको पारामा चल्ने हो भने नेकपा एकीकृत समाजवादी पार्टीको पनि आवश्यक पर्दैन। जनता वा कार्यकर्तालाई झुक्याएर लामो समय टिक्न सकिँदैन।

अहिलेको नेपालका राजनीतिक दलहरुको सिद्धान्त वा प्रणाली ठ्याक्कै यही हो भन्न सकिने अवस्था छैन। किनकि, ठूला राष्ट्रहरुले जस्तो व्यवहार गर्छन्, त्यही रूपमा चलेको देखिन्छ। आर्थिक सम्पन्न र महाशक्ति राष्ट्रले साना देशहरुलाई प्रभाव र असर पारेका हुन्छन् र पारिरहन्छन्। त्यसैले, राष्ट्रलाई सम्पन्न बनाउन कार्यकर्तालाई उत्पादनमा जोड दिनुपर्छ।

२. आर्थिक प्रणाली
मार्क्सवादीहरुको आर्थिक प्रणाली प्रष्ट हुनुपर्छ। त्यसैले एकीकृत समाजवादीले अपनाउने आर्थिक प्रणाली कस्तो हो भन्ने खुल्नै पर्छ। पूर्ण मार्क्सवादी (कम्युनिष्ट अर्थ व्यवस्था), पुँजीवादी अर्थव्यवस्था, मिश्रित अर्थव्यवस्थ वा अरु कुनै ढाँचाको भन्ने विषयमा पार्टी स्पष्ट हुनुपर्छ।

अहिले नेपालमा चलिरहेको अर्थ व्यवस्था कुन प्रणालीको हो, कसैले यकिन भन्न नसकिने किसिमको छ। यसलाई सामान्यतः भन्नुपर्दा ‘हावादारी’ अर्थव्यवस्था हो। न संविधानअनुरुप अर्थ प्रणाली छ, न समाजअनुसारको। त्यसैले यो हावादारी भन्न लायक छ।

अब एकीकृत समाजवादी पार्टीले देशको अर्थ व्यवस्था र प्रणालीलाई कसरी लैजान्छ भनेर भन्न जरुरी छ।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ०९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजेन्द्र बस्नेत
लेखकबाट थप
नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य अब कता?
नाम कम्युनिस्ट पार्टी, सिद्धान्त रामवाद!
युक्रेन संकट : रुसले तत्काल युद्ध समाप्त गरोस्, बाँकी विश्वले उसलाई सघाओस्
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्