• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नाम कम्युनिस्ट पार्टी, सिद्धान्त रामवाद!

64x64
राजेन्द्र बस्नेत आइतबार, चैत २७, २०७८  १८:२०
1140x725

लोकतान्त्रिक प्रणालीमा पार्टीका पदहरू पैसामा बिक्री हुन सक्दैनन्। अझ लेनिनवादी संगठनमा त यस्तो कल्पना पनि गर्न सकिँदैन। किनभने, अन्य पार्टीजस्तो कम्युनिस्ट पार्टी पैसाको बलमा बनेको हुँदैन। त्यो त विचारको बलमा बनेको हुन्छ।

तर, अहिले नेकपा (एमाले) को विचारमाथि मात्र होइन संगठनमाथि पनि प्रश्न उठाउनुपर्ने भएको छ। एमालेले ज–जसलाई पार्टीमा प्रवेश गराउने र महत्त्वपूर्ण जिम्मेवारी दिने काम गरिरहेको छ, त्यसले उसको विचार, सिद्धान्त र सांगठनिक बल भत्किएको स्पष्ट हुन्छ। पार्टी र जनप्रतिनिधिका पद पैसामा बिक्री भइरहेका छन्। पैसाकै बलमा पार्टीका महत्त्वपूर्ण पद कब्जा गर्ने र निर्वाचनमा उम्मेदवार बन्ने क्रम ह्वात्तै बढेको छ।

पैसा, बल र गुटको आधारमा नेता हुने तथा जनता र कार्यकर्तालाई ‘हली–गोठाला’सरह व्यवहार गर्ने पद्दतिले पार्टीको राजनीतिक चरित्र ध्वस्त छ। भ्रष्ट र उद्दन्ड व्यक्तिको पकड छ। विचार स्थापित गर्नेभन्दा पनि गैरमाक्सवादीहरूलाई पार्टीमा भित्र्याएर हुल मात्र जम्मा गरिँदैछ। जसरी भए पनि चुनाव जित्ने मानसिकताका कारण पार्टी नेतृत्वले पुराना कार्यकर्तालाई डिलमुनि धकेलिदिएको छ। कार्यकर्तालाई आदर्श सिकाउने र आफू चाहिँ भ्रष्ट भएर ‘नाङ्गो नाच’ देखाउने चरित्र हाबी भएको छ। जसको ज्वलन्त उदाहरण एनसेलको कर प्रकरण, ओम्नी, गिरिबन्धु टी स्टेट, बालुवाटारलगायत काण्ड हुन्।

चुनावमा समानुपातिकका नाममा दर्शन र सिद्धान्त नभएकालाई पद बाँडिने परम्परा बसेको छ। पञ्चायतकालमा कम्युनिस्टलाई कस्तो ‘सहयोग’ गरेवापत राज्यलक्ष्मी गोल्छा, कोमल वली, राजेन्द्र खेतान, विनोद चौधरी वा अन्यलाई सांसदजस्तो गरिमामय पदमा नियुक्ति गरियो? कार्यकर्ता पानी मात्र पिएर कम्युनिस्ट पार्टी निर्माणमा खट्ने, भूमिगतकालमा नेतालाई संरक्षण गर्ने, पार्टीका काम गर्ने, तर अवसर पाउँदा पार्टीबाहिरबाट फुत्तै उफारेर कुर्सीमा पुर्‍याउन प्रवृत्ति अपवाद नभइ आम हुन थालेको छ। इमान्दार कार्यकर्तालाई ‘अछुत’ बनाइँदैछ। त्यसले एक दिन पार्टीभित्र र देशमै पनि ठूलो विद्रोह ल्याउन सक्छ। 

जस्तोकि, सशस्त्र द्वन्द्वकालमा माओवादीहरूले निर्वाचनमा मत हाल्नेलाई पनि यातना दिए। कतिपय मारिए। आफूसँग असहमत हुनेहरूलाई दण्डित गरे। तर, अबको आन्दोलन त्यस्तो किसिमको मात्र नहुन सक्छ। निकै खराब परिस्थितिबाट अगाडि बढ्न सक्छ। किनकि, एमालेले कुनै बेला उग्र पञ्च भीमप्रसाद गौचनलाई पार्टीमा भित्र्याएको थियो। अहिले पनि त्यो चरित्र रोकिएको छैन। कोमल वली, दुर्गा प्रसाईंहरूले पार्टीको नेतृत्वदायी पद मात्र नभइ लाभको पदसमेत पाउने अवस्था बनेको छ। करिष्मा मानन्धर त्यही लाइनमा अघि बढ्दैछिन्। अब यस्ता अवसरवादी चरित्रहरूको लर्को लाग्नेवाला छ। 

करिष्मा मानन्धर, कोमल वली, भुवन केसीजस्तालाई भित्र्याएर एमालेले पार्टी बनाउने हो कि चलचित्र संघ बनाउने? दुर्गा प्रसाईं, करिष्मा मानन्धर वा कोमल वलीका लागि भोट माग्न जान कम्युनिस्ट कार्यकर्ताले लाज मान्नुपर्ने होइन? मार्क्सवादी ‘स्कुलिङ’ कसरी पथभ्रष्ट हुनसक्छ भन्ने उदाहरण आजको एमाले हो। नेता र कार्यकर्ता दुवै पैसामा बिक्ने भएपछि तलदेखि माथिसम्म जस्तो संग्ठन बनाएर जसरी चलाए पनि विरोधको स्वर आउँदो रहेनछ। अब तिनैले प्रसाईं, वली र मानन्धरहरूलाई भोट माग्ने छन्। तर, सच्चा कार्यकर्ताहरुमा भने यसले वितृष्णा पैदा गर्छ। त्यही वितृष्णले कुनै दिन द्वन्द्वको बाटो अंगाल्छ।

‘कम्युनिस्ट पार्टी’को नाम झुन्डाएर जथाभावी गर्ने छुट एमालेलाई छैन। यस्तै बहुलठ्ठी र नश्लीय भाषणका कारण एमाले अध्यक्ष केपी ओलीलाई मधेशमा निषेध गर्नुपर्नेसम्मको आवाज उठ्यो। उनी उपस्थित हुने कार्यक्रममा अवरोधको प्रयास भयो। राजनीतिलाई धमिलो बनाइरहे ओलीले कुनै बेला देशैभरि अवरोध झेल्नुपर्ने हुनसक्छ। त्यसको घाटा समग्र एमाले पंक्ति र कम्युनिस्ट पार्टीहरूले भोग्नुपर्छ। 

एमालेले कम्युनिस्ट पार्टीभित्र विकास गरेको अर्को खतरनाक पक्ष भनेको धार्मिक जडता हो। एमालेका पार्टी कार्यक्रम मात्र नभइ महाधिवेशनमा समेत धार्मिक भाषण भएका छन्। एमाले अध्यक्ष ओलीले खासगरी रामको महिमामन्डन गर्ने गरेका छन्। सिद्धान्तको छलफल हुने ठाउँमा रामभक्तिको छलफल हुन्छ। यसबाट एमालेको विचार र संगठनात्मक ढाँचामाथि प्रश्न उठ्नु स्वाभाविक हो। के एमाले अब भारतीय हिन्दूवादी संगठन आरएसएसको शाखा बन्न खोजेको हो? एमालेको सिद्धान्त रामायण, महाभारत हो कि मार्क्सवाद हो? यो छुट्याउन नसक्ने कार्यकर्ता र नेताहरु कम्यूनिष्ट हुनै सक्दैनन्। उनीहरु जनतालाई ठगीरहेका छन्। किनभने, कम्युनिस्ट नाम नराख्ने हो भने नेपाली जनताले भोट नहाल्न सक्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतिर, नेताहरू विदेशीसँग पैसा लिने र पार्टीभित्र आफ्नो गुटलाई बलियो बनाउने खेलमा छन्। यसरी एउटै पार्टीमा पनि दुई पार्टीजस्तो चरित्र विकास भएको छ। यदि आफ्नो स्वार्थ पूरा नहुने भए पार्टी फुटाउने वा साना गुट संचालन गर्ने प्रवृत्ति झ्याङ्गिएको छ। पार्टीमा निषेधको राजनीति छ। पैसा जात, धर्म तथा लिंगको आधारमा पार्टीमा अवसर पाउने हो भने कार्यकर्ताहरु सधैँ किन पार्टीको सदस्य बनिरहनु पर्‍यो?

तर, पार्टीलाई जिवन्त बनाउन संगठन र कार्यकर्ता कति महत्त्वपूर्ण हुन्छन् भन्ने उदाहरण पञ्चायतविरुद्धको संघर्ष पनि हो। कार्यकर्ताले ज्यानको बाजी लगाएर संगठन बनाएका हुन्। संगठनको बलमा भएको आन्दोलनले पञ्चायत फ्यालेको हो।

२०२८/२९ सालतिर झापा आन्दोलन र कोअर्डिनेशन केन्द्रको निर्माणपछि कम्युनिस्ट नेताहरूले ‘बुर्जुवा शिक्षा’ बहिस्कार गर्न लगाए। गरिब जनताका छोराछोरीलाई आन्दोलनमा होमिन प्रेरित गरे। अनि, परिवर्तनपछि पढेलेखेका मानिस खोजिगर्न थाले। जसकारण इमान्दार कार्यकर्ता बहिस्करणमा परे। जो कार्यकर्ताको कारण आज कम्युनष्टि पार्टीका हाँगा फिँजिएका छन्, तिनलाई सुरक्षा दिन पार्टी असफल भएका छन्। पार्टी फेर्दै हिँड्ने ‘छट्टु’हरुले पक्कै पार्टी बनाएका होइनन्, तर अवसर लिएकै छन्।

एमालेको मात्र के कुरा, पुष्पकमल दाहाल पनि हजारौँ कार्यकर्ताको बलिदानले ‘प्रचण्ड’ बनेका हुन्। ती कार्यकर्तालाई संरक्षण गर्न नजान्दा माओवादी पार्टी नै अहिले धरापमा परेको छ। केही स्वार्थी नेता र कार्यकर्ताले गर्दा पार्टीको यो हालत बनेको छ। हाल एमाले, माओवादी केन्द्र र कांग्रेसका पार्टी अध्यक्ष वा सभापति नेपालकै हुन्, तर तिनीहरूमा ‘डबल इन्जिन’ छन्। अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्दा होस् वा रुस–युक्रेन युद्धलाई लिएर संयुक्त राष्ट्र संघमा भएको मतदानमा युक्रेनको पक्षमा मददान गर्दा होस्, उनीहरूको डबल इन्जिन प्रष्ट देखिएको हो। 

हाम्रो परराष्ट्र नीति ‘असंलग्न परराष्ट्र नीति’ हो। यो परराष्ट्र नीतिलाई सरकारले धज्जी उडाएको छ। हामीले रुसको विपक्षमा मत हाल्दा अब भारतले मिचेका सीमाहरु कालापानी लिपुलेक, सुस्ता तथा झापादेखि कञ्चनपुरसम्मका सयौँ ठाउँबारे के हुन्छ? हाम्रा ऐतिहासिक भूमि जो कब्जा गरेर लिएको छ, ती टिस्टा, दार्जिलिङ, कुमाऊ गढवालबारे अरु देशले बोलिदिन्छन्? युद्धमा एउटा पक्षको साथ दिँदा त्यस्तै अवस्था नेपालमा आउन के बेर!

प्रमुख प्रतिपक्षी यस्तो महत्त्वपूर्ण विषयमा चुपचाप छ। यसबाट के देखिन्छ भने, एमाले पार्टीगत र व्यक्तिगत स्वार्थमा मात्र बोल्छ। लाभको हिसाब गरेर मात्र पाइला उचाल्छ। एमाले अब कम्युनिस्ट होइन भन्नेमा कुनै द्विविधा छैन।

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजेन्द्र बस्नेत
लेखकबाट थप
नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य अब कता?
नाम कम्युनिस्ट पार्टी, सिद्धान्त रामवाद!
युक्रेन संकट : रुसले तत्काल युद्ध समाप्त गरोस्, बाँकी विश्वले उसलाई सघाओस्
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्