• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

युक्रेन संकट : रुसले तत्काल युद्ध समाप्त गरोस्, बाँकी विश्वले उसलाई सघाओस्

64x64
राजेन्द्र बस्नेत सोमबार, फागुन ३०, २०७८  १०:०३
1140x725

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युद्धमा अहिलेसम्म झन्डै १२ हजार रुसी र १३ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। त्यस्तै करिब ६ सय रुसी सैनिकले आत्मसमर्पण गरेको उनको दाबी छ। उनको दाबी स्वतन्त्र रूपमा पुष्टि नभए पनि करिब ६ हजार रुसी सेनाले युक्रेनमा ज्यान गुमाएको अमेरिकाको आकलनलाई बीबीसीले प्रमुखताका साथ समाचार बनाएको छ।

तर, जेलेन्स्किीले भनेजस्तो १३ सय युक्रेनी सैनिकको मात्र मृत्यु भएको कुरा अविश्वसनीय छ। युक्रेनका ठूला शहरहरू ध्वस्त भइसकेका छन्। राजधानी किएभ पनि ध्वस्त हुँदैछ। ठूला भवनहरूमा आगो लागेको र बम विष्फोटबाट धुवाँको मुस्लो आइरहेको दृश्यहरू सञ्चारमाध्यमले देखाइरहेका छन्। लाखौँ जनता युक्रेन छाडेर हिँडेका छन्। कतिपय सैन्य घेरामा फसेका छन्। रुसी सैनिक किएभको २५ किलोमिटरभन्दा नजिक पुगिसकेका छन्।

वास्तवमा जेलेन्स्किीकै कारण यतिबेला युक्रेन जलिरहेको छ। उनी अहिले चर्चा भइरहेजस्तो राष्ट्रवादी होइनन्, बरु पश्चिमाको कठपुतली भएका छन्। उनी युक्रेनका लागि होइन, अमेरिका र पश्चिमा देशका लागि युद्ध गरिरहेका छन्। अनि, तिनै पश्चिमाले पनि धोका दिएपछि निरीह बनेका छन्।

राजेन्द्र बस्नेत

युक्रेन युद्ध हतियार र तेलको व्यापारमा केन्द्रित छ। अमेरिकाको स्वार्थी राजनीति र हैकमका कारण यो युद्ध भड्किएको हो। अमेरिकाले खाडी मुलुकबाट सस्तोमा लगेको तेल गरिब मुलुकमा बेचिरहेको छ। हतियार बिक्रीका लागि संसारका कैयौँ देशलाई युद्धमा फसाएको छ। र, अहिले पनि तेलको व्यापारबाट रुसलाई अलग बनाएर उसलाई कमजोर बनाउने र युक्रेनका प्राकृतिक सम्पदा तथा स्रोतमा हालिमुहाली गर्ने उसको चाहनका कारण युद्ध भएको छ।

रुसमा युरोप र अमेरिका समर्थित सरकार बनाउनु अथवा बोरिस यल्तसिनजस्तो ‘खलनायक’ पात्र खडा गर्नु उनीहरूको हितमा हुनेछ। रुसलाई ध्वस्त पारेपछि चीन, भारत तहसनहस बनाउनु उनीहरूको अर्को उद्देश्य हो। अमेरिका र युरोपियन देशहरू तेस्रो मुलुकलाई सम्पन्न देख्न चाहँदैनन्। सुरक्षित देख्न चाहँदैनन्।

सम्पूर्ण विश्वलाई सुरक्षित बनाउन नेटो, क्वाड, इन्डो प्यासिफिक सैन्य रणनीति खालका संगठनहरू बन्द गर्नुपर्छ। यस्तो नहुँदासम्म साना राष्ट्रको अस्तित्वमा खतरा उत्पन्न भइरहन्छ। साना मुलुकका नेताहरु असुरक्षित रहिरहन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यति मात्र होइन संयुक्त राष्ट्रसंघबाट हुने नाकाबन्दी जस्ता कार्य पनि पूर्णरूपमा खारेज हुनुपर्छ। यी नाकाबन्दी प्रायः अमेरिका र युरोपको स्वार्थमा लगाइने गरिन्छ। नाकाबन्दीले कुनै पनि राष्ट्रका सरकारलाई ठूलो फरक पार्दैन, तर त्यसको मारमा जनता परिरहेका हुन्छन्।

आर्थिक नाकाबन्दी गरेर लोकतन्त्रको दुहाइ दिने राष्ट्रहरू लोकतन्त्र र मानवता विरोधी हुन्। किनकि, यसमा मानव अधिकारको सबैभन्दा ठूलो उल्लंघन हुन्छ। मान्छेको गाँस र आर्थिक क्रियाकलाप गर्ने अधिकारको उल्लंघन हुन्छ। अहिले पनि रुस, उत्तर कोरिया, इरान, क्युबा, भेनेजुएलालगायत धेरै देशमा कुनै न कुनै प्रकारको नाकाबन्दी छ। अब यी नाकाबन्दी नहटे हरेक देशले उल्लंघन गर्नुपर्छ। त्यसले नै आमनागरिकलाई सुरक्षित गर्छ। बरु नागरिकविरोधी कुनै सरकार छ भने त्यसलाई नैतिक संकटमा पार्ने खालका कदम चालिनुपर्छ।

अमेरिकाले संयुक्त राष्ट्रसंघलाई आफ्नो पञ्जामा कसिरहने हो भने चाँडै नै अर्को संगठन आवश्यक हुन्छ। त्यसमा सैन्य, साझा मुद्रा तथा अन्य प्रकारका सांगठनिक संरचना बन्न सक्छ। यदि, युरोप यसैगरी अमेरिकाको पछि लागे भविष्यमा स्वयम् युरोप तहसनहस हुनेछ। युरोपले आपनो अस्तित्व र पहिचान संरक्षणका लागि लड्नुपर्ने स्थिति आउनसक्छ। 

अब एसियाका दक्षिण कोरिया, जापानलगायत देशमा राखिएका अमेरिकी सेना हट्नुपर्छ। अमेरिकी सेनाले कुनै पनि राष्ट्रको सुरक्षा दिन सक्दैन। उसले त नयाँ प्रकारको द्वन्द्व सिर्जना गर्ने हो। युक्रेन, इराक, अफगानिस्तान, सिरियालगायत मुलुकका समस्या अमेरिका र युरोपबाट सिर्जित भएका हुन्। आफ्नो राष्ट्रको रक्षाका लागि आफैं तयार हुनुपर्छ। विकल्पमा साना र कमजोर राष्ट्रको सुरक्षाको जिम्मेवारी संयुक्त राष्ट्रसंघ जस्तो संस्थाले गर्न सक्छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्किीले राष्ट्रलाई युद्धमा हाल्नुको कारण पनि युरोप र अमेरिका नै हो। अझै पनि रुस र युक्रेनको वार्ता सफल हुने संभावना कम छ। यदि, वार्ता सफल भए अमेरिका र नेटोले जेलेन्स्किीलाई यही अवस्थामा रहिरहन नदिन सक्छन्। उनीहरूले त चाहने नै युद्ध हो। युद्ध जित्ने संभावना नभए जेलेन्स्किीलाई सुरक्षित क्षेत्रमा लगेर उनको नाममा युद्ध चलाइरहन सक्छन्। तिब्बत नै यसको उदाहरण हो। त्यहाँबाट भगाइएका दलाई लामाको नाममा तिब्बतीयन मूलका नागरिकलाई तिब्बतविरोधी गतिविधिमा लगाएर अहिले पनि द्वन्द्व सिर्जना गराइराखिएको छ।

त्यसैले जेलेन्स्किीको नाममा पनि लामो युद्ध र आन्दोलन हुनसक्छ। त्यो युद्ध रोक्ने हो भने बाँकी विश्वले रुसलाई साथ दिनुपर्छ, तर युक्रेनको सार्वभौम सत्तालाई पनि सम्मान गर्नुपर्छ। युक्रेनले पनि रुस लगायतका छिमेकी राष्ट्र विरोधी गतिविधि बन्द गर्नुपर्छ। त्यस्ता गतिविधिले क्षेत्रीय सुरक्षालाई खतरा उत्पन्न गराउँछ। हालको अवस्थालाई त्यही रूपमा हेर्न सकिन्छ।

बुझ्नै पर्ने विषय भनेको, अमेरिकाले अन्त्यमा सबै राष्ट्रलाई धोका नै दिएको छ। अफगानिस्तान, इराक, सिरियालगायत देश यसका उदाहरण हुन्। किनभने, ऊ आफ्नो अर्थतन्त्रलाई बलियो बनाउनका लागि युद्धमा जाने गर्छ।

अर्कोतर्फ रुसले अब युद्ध लम्ब्याउनु उसकै लागि र समग्र तेस्रो विश्वका लागि पनि घाटा हुन्छ। यसको प्रभाव तेस्रो विश्वका जनतालाई प्रत्यक्ष वा अप्रत्यक्ष पर्छ। त्यसैकारण रुसले तत्काल युद्ध समाप्त गर्नु आवश्यक छ। युद्धलाई ‘फास्ट ट्रयाक’बाट समाप्त पार्नुपर्छ। 

युद्ध समाप्त हुनु भनेको अमेरिकालाई नोक्सान पुर्‍याउनु हो। युक्रेनमा अमेरिका र युरोपले बेचेका हतियार प्रयोग भइरहेका छन्। भित्री रूपमा नेटो सेना पनि युद्ध लडिरहेको हुनसक्छ। अथवा अमेरिकी क्याम्पका अन्य मुलुकले पनि युद्ध लड्न छद्म सेना पठाएका हुनसक्छन्। युद्ध समाप्त हुँदा उनीहरूका यी तिकडम र व्यापार बन्द हुन्छ। 

युद्ध समाप्तीपछि युक्रेनी राष्ट्रपतिको सम्मानजनक र सुरक्षित बहिर्गमन प्रमुख विषय हो। उनको सुरक्षाको जिम्मा रुसले नै लिनुपर्छ। अन्यथा, अमेरिका र युरोपियन देशले उनलाई युद्ध अपराधी बनाएर जेलमा कोच्न सक्छन् वा उनैलाई प्रयोग गरेर युद्धलाई निरन्तरता दिन्छन्। अथवा, जेलेन्स्किीको ज्यानै पनि जान सक्छ।

जेलेन्स्किी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार हुनुको अर्थ आफ्नो गल्ती स्वीकार गर्नु र सुरक्षा ग्यारेन्टी माग्नु पनि हुनसक्छ। अथवा सम्मानजनक वार्ताको नाममा युक्रेन छाड्न चाहेको पनि हुनसक्छ। जस्तो कि, एक हप्ताअघि युक्रेनको वार्ता टोलीका एक सदस्य मारिएका थिए। उनको हत्या युक्रेनकै सुरक्षा फोर्सबाट भएको आरोप छ। त्यसमा अमेरिकाको षड्यन्त्र होइन भन्ने आधार पनि छैन। 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजेन्द्र बस्नेत
लेखकबाट थप
नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य अब कता?
नाम कम्युनिस्ट पार्टी, सिद्धान्त रामवाद!
युक्रेन संकट : रुसले तत्काल युद्ध समाप्त गरोस्, बाँकी विश्वले उसलाई सघाओस्
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालले सात खेलमा प्रतिस्पर्धा गर्दै बुधबार, असोज ७, २०८३
ऊर्जामन्त्री श्रेष्ठले प्रतिनिधि सभालाई सम्बोधन गर्ने बुधबार, असोज ७, २०८३
बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनालले गरे न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्