• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १, २०८२ Mon, Nov 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

युक्रेन संकट : रुसले तत्काल युद्ध समाप्त गरोस्, बाँकी विश्वले उसलाई सघाओस्

64x64
राजेन्द्र बस्नेत सोमबार, फागुन ३०, २०७८  १०:०३
1140x725

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युद्धमा अहिलेसम्म झन्डै १२ हजार रुसी र १३ सय युक्रेनी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। त्यस्तै करिब ६ सय रुसी सैनिकले आत्मसमर्पण गरेको उनको दाबी छ। उनको दाबी स्वतन्त्र रूपमा पुष्टि नभए पनि करिब ६ हजार रुसी सेनाले युक्रेनमा ज्यान गुमाएको अमेरिकाको आकलनलाई बीबीसीले प्रमुखताका साथ समाचार बनाएको छ।

तर, जेलेन्स्किीले भनेजस्तो १३ सय युक्रेनी सैनिकको मात्र मृत्यु भएको कुरा अविश्वसनीय छ। युक्रेनका ठूला शहरहरू ध्वस्त भइसकेका छन्। राजधानी किएभ पनि ध्वस्त हुँदैछ। ठूला भवनहरूमा आगो लागेको र बम विष्फोटबाट धुवाँको मुस्लो आइरहेको दृश्यहरू सञ्चारमाध्यमले देखाइरहेका छन्। लाखौँ जनता युक्रेन छाडेर हिँडेका छन्। कतिपय सैन्य घेरामा फसेका छन्। रुसी सैनिक किएभको २५ किलोमिटरभन्दा नजिक पुगिसकेका छन्।

वास्तवमा जेलेन्स्किीकै कारण यतिबेला युक्रेन जलिरहेको छ। उनी अहिले चर्चा भइरहेजस्तो राष्ट्रवादी होइनन्, बरु पश्चिमाको कठपुतली भएका छन्। उनी युक्रेनका लागि होइन, अमेरिका र पश्चिमा देशका लागि युद्ध गरिरहेका छन्। अनि, तिनै पश्चिमाले पनि धोका दिएपछि निरीह बनेका छन्।

राजेन्द्र बस्नेत

युक्रेन युद्ध हतियार र तेलको व्यापारमा केन्द्रित छ। अमेरिकाको स्वार्थी राजनीति र हैकमका कारण यो युद्ध भड्किएको हो। अमेरिकाले खाडी मुलुकबाट सस्तोमा लगेको तेल गरिब मुलुकमा बेचिरहेको छ। हतियार बिक्रीका लागि संसारका कैयौँ देशलाई युद्धमा फसाएको छ। र, अहिले पनि तेलको व्यापारबाट रुसलाई अलग बनाएर उसलाई कमजोर बनाउने र युक्रेनका प्राकृतिक सम्पदा तथा स्रोतमा हालिमुहाली गर्ने उसको चाहनका कारण युद्ध भएको छ।

रुसमा युरोप र अमेरिका समर्थित सरकार बनाउनु अथवा बोरिस यल्तसिनजस्तो ‘खलनायक’ पात्र खडा गर्नु उनीहरूको हितमा हुनेछ। रुसलाई ध्वस्त पारेपछि चीन, भारत तहसनहस बनाउनु उनीहरूको अर्को उद्देश्य हो। अमेरिका र युरोपियन देशहरू तेस्रो मुलुकलाई सम्पन्न देख्न चाहँदैनन्। सुरक्षित देख्न चाहँदैनन्।

सम्पूर्ण विश्वलाई सुरक्षित बनाउन नेटो, क्वाड, इन्डो प्यासिफिक सैन्य रणनीति खालका संगठनहरू बन्द गर्नुपर्छ। यस्तो नहुँदासम्म साना राष्ट्रको अस्तित्वमा खतरा उत्पन्न भइरहन्छ। साना मुलुकका नेताहरु असुरक्षित रहिरहन्छन्।

Ncell 2
Ncell 2

त्यति मात्र होइन संयुक्त राष्ट्रसंघबाट हुने नाकाबन्दी जस्ता कार्य पनि पूर्णरूपमा खारेज हुनुपर्छ। यी नाकाबन्दी प्रायः अमेरिका र युरोपको स्वार्थमा लगाइने गरिन्छ। नाकाबन्दीले कुनै पनि राष्ट्रका सरकारलाई ठूलो फरक पार्दैन, तर त्यसको मारमा जनता परिरहेका हुन्छन्।

आर्थिक नाकाबन्दी गरेर लोकतन्त्रको दुहाइ दिने राष्ट्रहरू लोकतन्त्र र मानवता विरोधी हुन्। किनकि, यसमा मानव अधिकारको सबैभन्दा ठूलो उल्लंघन हुन्छ। मान्छेको गाँस र आर्थिक क्रियाकलाप गर्ने अधिकारको उल्लंघन हुन्छ। अहिले पनि रुस, उत्तर कोरिया, इरान, क्युबा, भेनेजुएलालगायत धेरै देशमा कुनै न कुनै प्रकारको नाकाबन्दी छ। अब यी नाकाबन्दी नहटे हरेक देशले उल्लंघन गर्नुपर्छ। त्यसले नै आमनागरिकलाई सुरक्षित गर्छ। बरु नागरिकविरोधी कुनै सरकार छ भने त्यसलाई नैतिक संकटमा पार्ने खालका कदम चालिनुपर्छ।

अमेरिकाले संयुक्त राष्ट्रसंघलाई आफ्नो पञ्जामा कसिरहने हो भने चाँडै नै अर्को संगठन आवश्यक हुन्छ। त्यसमा सैन्य, साझा मुद्रा तथा अन्य प्रकारका सांगठनिक संरचना बन्न सक्छ। यदि, युरोप यसैगरी अमेरिकाको पछि लागे भविष्यमा स्वयम् युरोप तहसनहस हुनेछ। युरोपले आपनो अस्तित्व र पहिचान संरक्षणका लागि लड्नुपर्ने स्थिति आउनसक्छ। 

अब एसियाका दक्षिण कोरिया, जापानलगायत देशमा राखिएका अमेरिकी सेना हट्नुपर्छ। अमेरिकी सेनाले कुनै पनि राष्ट्रको सुरक्षा दिन सक्दैन। उसले त नयाँ प्रकारको द्वन्द्व सिर्जना गर्ने हो। युक्रेन, इराक, अफगानिस्तान, सिरियालगायत मुलुकका समस्या अमेरिका र युरोपबाट सिर्जित भएका हुन्। आफ्नो राष्ट्रको रक्षाका लागि आफैं तयार हुनुपर्छ। विकल्पमा साना र कमजोर राष्ट्रको सुरक्षाको जिम्मेवारी संयुक्त राष्ट्रसंघ जस्तो संस्थाले गर्न सक्छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्किीले राष्ट्रलाई युद्धमा हाल्नुको कारण पनि युरोप र अमेरिका नै हो। अझै पनि रुस र युक्रेनको वार्ता सफल हुने संभावना कम छ। यदि, वार्ता सफल भए अमेरिका र नेटोले जेलेन्स्किीलाई यही अवस्थामा रहिरहन नदिन सक्छन्। उनीहरूले त चाहने नै युद्ध हो। युद्ध जित्ने संभावना नभए जेलेन्स्किीलाई सुरक्षित क्षेत्रमा लगेर उनको नाममा युद्ध चलाइरहन सक्छन्। तिब्बत नै यसको उदाहरण हो। त्यहाँबाट भगाइएका दलाई लामाको नाममा तिब्बतीयन मूलका नागरिकलाई तिब्बतविरोधी गतिविधिमा लगाएर अहिले पनि द्वन्द्व सिर्जना गराइराखिएको छ।

त्यसैले जेलेन्स्किीको नाममा पनि लामो युद्ध र आन्दोलन हुनसक्छ। त्यो युद्ध रोक्ने हो भने बाँकी विश्वले रुसलाई साथ दिनुपर्छ, तर युक्रेनको सार्वभौम सत्तालाई पनि सम्मान गर्नुपर्छ। युक्रेनले पनि रुस लगायतका छिमेकी राष्ट्र विरोधी गतिविधि बन्द गर्नुपर्छ। त्यस्ता गतिविधिले क्षेत्रीय सुरक्षालाई खतरा उत्पन्न गराउँछ। हालको अवस्थालाई त्यही रूपमा हेर्न सकिन्छ।

बुझ्नै पर्ने विषय भनेको, अमेरिकाले अन्त्यमा सबै राष्ट्रलाई धोका नै दिएको छ। अफगानिस्तान, इराक, सिरियालगायत देश यसका उदाहरण हुन्। किनभने, ऊ आफ्नो अर्थतन्त्रलाई बलियो बनाउनका लागि युद्धमा जाने गर्छ।

अर्कोतर्फ रुसले अब युद्ध लम्ब्याउनु उसकै लागि र समग्र तेस्रो विश्वका लागि पनि घाटा हुन्छ। यसको प्रभाव तेस्रो विश्वका जनतालाई प्रत्यक्ष वा अप्रत्यक्ष पर्छ। त्यसैकारण रुसले तत्काल युद्ध समाप्त गर्नु आवश्यक छ। युद्धलाई ‘फास्ट ट्रयाक’बाट समाप्त पार्नुपर्छ। 

युद्ध समाप्त हुनु भनेको अमेरिकालाई नोक्सान पुर्‍याउनु हो। युक्रेनमा अमेरिका र युरोपले बेचेका हतियार प्रयोग भइरहेका छन्। भित्री रूपमा नेटो सेना पनि युद्ध लडिरहेको हुनसक्छ। अथवा अमेरिकी क्याम्पका अन्य मुलुकले पनि युद्ध लड्न छद्म सेना पठाएका हुनसक्छन्। युद्ध समाप्त हुँदा उनीहरूका यी तिकडम र व्यापार बन्द हुन्छ। 

युद्ध समाप्तीपछि युक्रेनी राष्ट्रपतिको सम्मानजनक र सुरक्षित बहिर्गमन प्रमुख विषय हो। उनको सुरक्षाको जिम्मा रुसले नै लिनुपर्छ। अन्यथा, अमेरिका र युरोपियन देशले उनलाई युद्ध अपराधी बनाएर जेलमा कोच्न सक्छन् वा उनैलाई प्रयोग गरेर युद्धलाई निरन्तरता दिन्छन्। अथवा, जेलेन्स्किीको ज्यानै पनि जान सक्छ।

जेलेन्स्किी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न तयार हुनुको अर्थ आफ्नो गल्ती स्वीकार गर्नु र सुरक्षा ग्यारेन्टी माग्नु पनि हुनसक्छ। अथवा सम्मानजनक वार्ताको नाममा युक्रेन छाड्न चाहेको पनि हुनसक्छ। जस्तो कि, एक हप्ताअघि युक्रेनको वार्ता टोलीका एक सदस्य मारिएका थिए। उनको हत्या युक्रेनकै सुरक्षा फोर्सबाट भएको आरोप छ। त्यसमा अमेरिकाको षड्यन्त्र होइन भन्ने आधार पनि छैन। 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १०:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजेन्द्र बस्नेत
लेखकबाट थप
नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य अब कता?
नाम कम्युनिस्ट पार्टी, सिद्धान्त रामवाद!
युक्रेन संकट : रुसले तत्काल युद्ध समाप्त गरोस्, बाँकी विश्वले उसलाई सघाओस्
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण आइतबार, कात्तिक ३०, २०८२
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि सनाखत आइतबार, कात्तिक ३०, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, कात्तिक ३०, २०८२
दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल, नेतृत्वमा माधव खतिवडा आइतबार, कात्तिक ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय दूतावासका प्रतिनिधिहरूबाट धम्की आउने गरेकाे छ : मुख्यमन्त्री यादव शनिबार, कात्तिक २९, २०८२
नेपाली कम्युनिष्ट पार्टीप्रति बादलको टिप्पणी– भूतपूर्व साथीहरुले ‘१० कोठे टहरो’  बनाएका छन् शनिबार, कात्तिक २९, २०८२
बादलले भने– फागुन २१ को निर्वाचन हनी ट्र्यापिङ हो, यसमा पर्न हुँदैन : बादल शनिबार, कात्तिक २९, २०८२
सुनको मूल्य घट्यो आइतबार, कात्तिक ३०, २०८२
काठमाडौँमा म्यारिज ब्यूरो चलाउने चार चिनिया पक्राउ शनिबार, कात्तिक २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
रास्वपाका नेता सन्तोष परियारले छाडे पार्टी शुक्रबार, कात्तिक २८, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट शुक्रबार, कात्तिक २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्