काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यानाकषर्ण गराएकी छन्।
तारा एअरको जहाज दुर्घटनाको घटनाप्रति दु:ख व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी हुन्।
राष्ट्रपति भण्डारीले जेठ १५ गते तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
‘यही जेठ १५ गते तारा एअरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यान आकृष्ट गर्दछु।’
यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यान आकृष्ट गर्दछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।