काठमाडौं– सोमबारदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै छ।
परीक्षामा चार लाख १५ परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।
यही जेठ २५ गतेसम्म चल्ने परीक्षामा देशभर एक हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको छ।
७७ जिल्लाका सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।