काठमाडौं– म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रूपमा उपयोग गरिने योजना सरकारले अघि सारेको छ। आर्थिक वर्ष २०७९÷८० मार्फत् अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्।
उनले म्यादी प्रहरीका लागि उद्यमशीलता र स्वरोगजगार कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरेका छन्।
बजेटमा भनिएको छ, ‘म्यादीको रुचिका विषयमा तालिम प्रदान गरी कृषि बन र अन्य उद्यममा संलग्न गराइनेछ। म्यादी प्रहरीलाई सञ्चित सुरक्षा बलका रुपमा उपयोग गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।