काठमाडौं– सरकारले शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा सो विषय उल्लेख छ।
‘शैक्षिक सत्र सुरु हुनुअघि सार्वजनिक विद्यालयका सबै विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइनेछ,’ आइतबार बजेट प्रस्तुत गर्दै शर्माले भने।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ६९ अर्ब ३८ करोड विनियोजन गरेको छ। ‘स्वास्थ्य क्षेत्रको लागि प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ हस्तान्तरण गरेको छु’, शर्माले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।