काठमाडौं– बिहानदेखि हराइरहेको तारा एअरलाइन्सको विमानमा सवार यात्रुका आफन्तहरू पोखरा विमानस्थल पुगेका छन्। जोमसोमका लागि बिहान ९ः५५ बजे उडेको तारा एअरलाइन्सको ९ एन–एइटी विमान हराइरहेको छ।
अन्तिम पटक १०ः०७ मिनेटमा जोमसोम टावरसँग सम्पर्कमा रहे पनि त्यसपछि भने विमान हराएको थियो। खोजीका लागि नेपाली सेना र प्रहरी सक्रिय छन्। तर, स्थलमार्गमा गएकाले पत्ता लगाउन नकसेपछि अहिले हेलिकोप्टरमा सेनाको रेस्क्युटोली सम्भावित दुर्घटनास्थलतर्फ गएको छ।
विमानमा सवार आफन्तका परिवारका सदस्य पोखरा विमानस्थलमा जम्मा भएका छन्। केही खबर नआए पनि आफन्तका मुहार भने मलिन छन्। स्थानीयका अनुसार मुस्ताङको लेते भन्ने ठाउँमा दुर्घटना भएको आशंका गरिएको छ।
खोजीदल स्थानीयले बताएको क्षेत्रतर्फ गइरहेको छ। यसअघि खोजीका लागि गएको फिस्टेल एअरको हेलिकोप्टर भने मौसम खराबीका कारण फर्किएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।