बाँके– नेपालगन्जको एक दरसामा खेल्नेक्रममा छातिमा चक्कु रोपिएर विद्यार्थीको मृत्यु भएको छ। नेपालजन्जको फुलेटेक्रामा रहेको मदरसा फैसाजने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थीबीच खेल्दै गर्दा चक्कु रोपिएर विद्यार्थीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कास्की रुपोकोट–६ का १६ वर्षीय जामुदिन मियाँको छातिमा चक्कु रोपिएर मृत्यु भएको हो। चक्कु रोपिएपछि घाइते भएका मियाँलाई उपचारका लागि भारतको लखनऊ लगिएको थियो। उपचारका क्रममा उनको जेठ १३ गते राति १० गते मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुधसुदन न्यौपानेले बताए।
उनका अनुसार घटना जेठ १२ गते साँझ ५ बजे भएको थियो। मृतक मियाँ र सिराह मिर्चैयाका १२ वर्षीय मो. आशिक एक आपसमा खेल्दै थिए। खेल्नेक्रममा धकालाधकेल भएको र आशिकको हातमा रहेको चक्कु मियाँको छातिमा रोपिएको थियो। मरदसामा रहेको सिसीटिभीमा उक्त घटना पूरा कैद भएको थियो।
खेल्दै गरका विद्यार्थीको हातमा चक्कु कसरी आयो भन्ने कुरा चाहि नखुलेको न्यौपानेले बताए। अनुसन्धानकै क्रममा रहेकाले अहिल्यै कारण भन्न नसकिने उनको भनाइ छ। साथै मदरसाले पनि उक्त घटनाबारे प्रहरीलाई आधिकारिक जानकारी दिएको छैन।
मृतक मियाँको शव नेपालगन्जय ल्याई पोस्पमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ। मृतकका परिवार र आफन्त नेपालगन्ज पुगेको उनीहरूको जाहेरीपछि थप अनुसन्धान अघि बढाइने न्यौपानेले जानकारी दिए। आशिकलाई भने प्रहरीको नियन्त्रणमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।