काठमाडौं–अर्कैको नाममा रहेको जग्गा बिक्री गर्न करारनामा गरी बैनावापत ५ करोड २० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका ७ बस्ने केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका ८ बस्ने इश्वर गाइजु छन्।
उनीहरुले भक्तपुर सुडाल गाविस ४ ‘क’ मा रहेका विभिन्न कित्ताका जग्गा सम्बन्धित धनीसँग अनुमति नलिई अनुमति लिएको भनेर झुक्याएको र कित्ता नम्बर ३९९ क्षेत्रफल (०-४-०-०) काे सरकारी जग्गासमेत बिक्री गर्न भनी बैनाबापत उक्त रकम लिई ठगी गरेको आराेपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।