• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सर्वोच्चले फैसला उल्टाएपछि फरार भएका रञ्जन कोइराला काठमाडौंबाट पक्राउ

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १३, २०७९  १८:३०
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्। 

कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो। 

बिहीबार सर्वोच्च अदालतले कोइरालाको फैसला उल्ट्याउँदै जिल्ला अदालत काठमाडौंले गरेको फैसलाअनुसार कर्तव्य जानको मुद्दामा जन्मकैद हुने फैसला सुनाएको थियो।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले कोइरालालाई बानेश्वरबाट पक्राउ गरिएको नेपाल लाइभलाई जानकारी दिए।

महाभियोग दर्ता भएसँगै निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको इजलासले गरेको विवादित फैसला सर्वोच्च अदालतले उल्टाएको हो।

सशस्त्र प्रहरीका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालालाई श्रीमती हत्या अभियोगमा कैद छुट दिँदै २० वर्षको जन्मकैदलाई साढे ८ वर्षमा झार्ने राणासहितको इजलासको फैसला सर्वोच्चले बिहीबार उल्टाएको थियो। बिहीबारको फैसलासँगै अब कोइरालालाई २० वर्ष कैद हुने छ। उनी साढे ८ वर्ष कैद भुक्तान गरेर रिहा भएका थिए। अब उनले साढे ११ वर्ष कैद भुक्तान गर्नु पर्ने छ। 

निलम्बित प्रधानन्यायाधीश राणा र तेजबहादुर केसीको इजलासले ११ वर्ष ६ महिना छुट दिँदै २०७७ असार १५ गते यस्तो फैसला सुनाएको थियो। उक्त फैसलाको सार्वजनिक आलोचना हुनुका साथै फैसला गर्ने न्यायाधीशमाथि महाभियोग माग भएको थियो। फैसला विवादमा परेपछि सरकारले २०७७ साउन ११ गते पुनरावेदन दर्ता गरेको थियो। साउन १२ गते नै सर्वोच्चले उक्त निवेदनमा निस्सा दिने आदेश गरेको थियो। 

राणाको तर्कमा सहमत हुन नसकिने भन्दै सर्वोच्चले पुन: सुनुवाइ हुने भनि आदेश गरेको थियो। उक्त निवेदनमा बिहीबार सर्वोच्चका कामु प्रधानन्यायाधीश दिपककुमार कार्की, टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उक्त फैसला बदर गर्दै जन्मकैद हुने फैसला गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तो थियो घटना
डीआईजी कोइराला र श्रीमती गीता कोइरालाको सम्बन्ध राम्रो थिएन। उनीहरु अलग अलग बस्दै आएका थिए। उनीहरुका २ छोरा थिए। गीता ढकाल बेपत्ता भइन्। छोरी बेपत्ता भएपछि माइती पक्षले खोजी गरे। तर, पत्ता लाग्न नसकेपछि २०६८ पुस २९ गते रञ्जनले श्रीमती गीता ढकाललाई बेपत्ता पारेको भनेर माइती पक्षले हनुमानढोकामा उजुरी दर्ता गराए।

तत्कालीन समयमा हनुमानढोकमा रञ्जनका साथी एसएसपी राजेन्द्र श्रेष्ठ थिए। त्यतिबेला यो निकै हाइप्रोफाइल अपराधको घटना थियो। बहालवाला डीआईजीले श्रीमतीको हत्या गरेको आरोप लागेको थियो। यसको अनुसन्धान पनि निकै जटिल र दबाबपूर्ण थियो।

प्रहरीसँग रञ्जनलाई तत्काल पक्राउ गर्न ठोस प्रमाण थिएन, तर रञ्जनलाई पक्राउ गर्न चर्को दबाब थियो। तत्कालीन समयमा सञ्चार माध्यमले पनि यसलाई महत्त्व दिएका थिए।

यही दबाबका बीचमा प्रहरीले रञ्जनलाई बयानमा बोलायो। उनी उपस्थित भए र हरेक पटक अस्वीकार गरे। ‘श्रीमतीसित राम्रो सम्बन्ध थिएन, राति–राति एक्लै हिँड्ने, कतै गई होली,’ उनले यस्तो बयान दिने गरेका थिए। तर, माइती पक्षले भने उनैले अपहरण गरेको जिकिर गरिरहेका थिए। 

रञ्जनको वैवाहिक जीवन पहिलादेखि नै तनावग्रस्त थियो। त्यतिबेला उनीहरु छुट्टिएर बस्थे। ठूला भइसकेका दुई छोराहरु आमासँग बस्थे। यही शंकालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण केही थिएन। त्यसैले सुरुमा प्रमाण जुटाउन प्रहरी केन्द्रित भयो। गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राति साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान पाँच बजेतिर फर्केको क्लु प्रहरीलाई हात लाग्यो। त्यसपछि प्रहरीले हरेक गतिविधिमाथि निगरानी बढायो।

२०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा शव ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले फेला पारेको खबर प्रहरीले पायो। आफ्नै गाउँ नजिक यसरी शव जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थाले। रञ्जन घटनास्थलमा दोस्रोपटक पुगे। उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीमा बुझाए। तर, आफू सशस्त्रको डीआइजी भनेर उनी सजिलै छुट्न सफल भए। हनुमानढोकका रञ्जन पुगेको खबर लगत्तै पक्राउ गर्न सर्कुलर गरियो।  त्यहाँबाट फर्किने क्रममा नागढुंगामा पक्राउ गरियो। त्यसलगत्तै रञ्जनले अपराध गरेको स्वीकार गरे। शवको डिएनए टेष्ट गरियो त्यसबाट पनि शव गीताकै भएको प्रमाणित भयो।

प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको देखिएको थियो। हत्यापछि प्रमाण नष्ट गर्नका लागि शवसलाई गाडीमा हालेर पालुङ पुर्‍याएको, पेट्रोल पनि घरबाटै लिएर गएको र राति जंगल छेउमा गाडी रोकेर, लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पाइएको थियो।

दोस्रो प्रेमले हत्यासम्म पुर्‍यायो 
पोखराका रञ्जन र काठमाडौंकी गीताबीच २०५० जेठ ३१ गते मागी विवाह भएको थियो। विवाहको केही समय उनीहरुको सम्बन्ध राम्रै चल्यो। तर, केटी भनेपछि हुरुक्क हुने रञ्जनको स्वभावले सम्बन्धमा दरार आउन थाल्यो। यसबीचमा उनीहरुका दुई छोरा पनि जन्मिए।

कान्छो छोरा जन्मिदासम्म अर्थात् २०५७ सम्म रञ्जनले बाहिर अर्कै केटी राखेको सूचना गीताले पाइन्। त्यसपछि उनीहरुसँगै बस्ने अवस्थामा रहेन। गीता आफ्नो माइतीले दाइजोमा दिएको बालुवाटारको जग्गामा घर बनाएर बस्न थालिन्। रञ्जन भने सातदोबाटोस्थित आफ्नै घरमा बसे। एउटा छोरा बुबासँग र एउटा आमासँग बस्थे।

यसैबीच उनीहरुमा सम्पत्तिको झगडा सुरु भयो। गीताले ०६८ मंसिर १४ गते जिल्ला अदालतमा मानाचामल भराइपाउँ भन्दै अंशमुद्दा हालिन्। अदालतले गीताको पक्षमा फैसला गर्दै रञ्जनको तलब रोक्का गर्न सशस्त्रलाई आदेश दियो। सम्भवतः यही घटनापछि रञ्जनले गीताको हत्या योजना बुन्न थालेका हुन्।

हत्याको योजनामा रञ्जनकी प्रेमिकाको पनि संलग्नता रहेको आधारमा उनलाई पनि छानविनको दायरामा ल्याइयो। अदालतले २०७१ वैशाख ७ गते रञ्जनलाई हत्यारा ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनायो।

उनी हाल डिल्लीबजार कारागारमा जेल सजायँ काटिरहेका छन्। उनकी प्रेमिका तारा रेग्मीलाई पनि योजनामा संलग्न रहेको ठहर गर्दै एक वर्षको जेल सजायँ सुनाइएको थियो। मन्त्रिपरिषद्ले रञ्जनलाई आगामी दिनमा सरकारी सेवामा अयोग्य हुने गरी सशस्त्रबाट बर्खास्त पनि गरेको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्बन्धित सामग्री
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म मंगलबार, भदौ ९, २०८३
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्