काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्रकिलो भन्ने ठाउँमा ग्यास बुलेटमा आगो लागेको छ। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगो लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
ग्यासमा आगो लागेका कारण सडकमा सवारी साधनको आवागमन रोकिएको छ। ग्यास वुलेटमा आगलागी भएको हुँदा हुनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि नारायणगढ–मुग्लिङ सडक खण्ड दुई तर्फी अवरोध गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।
दिउँसो १ बजेदेखि आगो लागेको र आगो नियन्त्रणमा नआउन्जेल सडक अवरुद्ध रहने ट्राफिक प्रहरीले जानकारी दिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आगो नियन्त्रणमा नआउनजेल सम्म उक्त सडक भइ यात्रा गरिरहेका यात्रुहरुले सचेत रहि बसिदिन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।