• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

फैसला उल्टिने सूचना चुहिएपछि सर्वोच्चबाटै फरार भएका थिए पूर्वडीआईजी कोइराला 

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १३, २०७९  १२:५२
1140x725

काठमाडौं– कर्तव्य ज्यानको कसुरमा दोषी ठहर भएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रन्जन कोइरालालाई सजाय घटाइएकोविरुद्धको पेशी बिहीबार सर्वोच्च अदालतमा सुनुवाई हुँदै थियो। श्रीमती गीता ढकालको हत्यामा दोषी ठहर भई साढे आठ वर्ष जेल बसेर निस्केका कोइराला त्यतिबेला सर्वोच्च परिसरमै थिए।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको इजलासले ‘न्यायाधीशको चित्तमा लागेर’ भन्दै साढे आठ वर्ष कैद बसेर बाँकी कैद मिनाह हुने वा त्योभन्दा अघिको जिल्ला र उच्च अदालतको पुरानै फैसला (२० वर्ष कैद) उल्टिने भन्ने व्यग्र प्रतिक्षामा थिए कोइराला। 

फैसलाको व्यग्र प्रतिक्षामा रहेका कोइराला भने फैसला आउनु केही समयअघि नै सर्वोच्चबाट बेपत्ता भए। ‘फैसला आइसकेपछि कोइराला सर्वोच्च परिसरमै भएका भए सर्वोच्चको गेटैबाट पक्राउ पर्थे। सर्वोच्चमा पुलिसको २४ सै घण्टा ड्युटी हुन्छ। तर, फैसला आउनुअघि नै कोइराला बेपत्ता भएको पाइयो’ नेपाल प्रहरीका एक उच्च अधिकारीले नेपाल लाइभसँग भने, ‘फैसला उल्टिदैछ भन्ने सूचना चुहिएपछि फैसला आउनुअघि नै उनी बेपत्ता भएको पाइयो।’

सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको इजलासले कोइरालाको कैद छुट दिइएको मुद्दा उल्टाउँदै २० वर्ष कैद हुने जिल्ला र उच्चको फैसला सदर गरेको थियो। त्यसपछि सर्वोच्चमै कोइरालाको खोजी हुँदा उनी भने फरार भइसकेका थिए। 

फैसला आउनु केही समयअघि सर्वोच्चबाट लुसुक्क निस्केका कोइराला मोबाइल अफ गरेर बेपत्ता भएका थिए। कोइराला पछिल्लो समय ललितपुरस्थित सनराइज अपार्टमेन्टमा बस्ने गरेको भन्दै प्रहरी उनलाई खोज्न अपार्टमेन्टसम्म पुगेको थियो। तर, उनी फेला पर्न सकेका छैनन्।

फैसला उल्टिएसँगै कोइरालालाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई सर्कुलरसमेत गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यकाका तीनै वटा जिल्ला प्रहरी परिसरलगायतका टोली कोइरालालाई खोज्न लागि परेका छन्। तर, उनको अत्तोपत्तो पाउन नसकिएको प्रहरीले जनाएको छ। 

अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले फैसला उल्टिएसँगै बिहीबारदेखि नै प्रहरी टोली परिचालन गरे पनि कोइरालालाई फेला पार्न नसकिएको बतए। 

श्रीमती हत्याको आरोपमा २० वर्ष कैद सजाय सुनाइएका कोइरालालाई तत्कालीन प्रधानन्यायाधीश जबरा र केसीको इजलासले २०७७ असार १५ मा ‘२० वर्ष कैद गर्दा चर्को पर्न जाने’ भन्दै सजाय घटाएको थियो। त्यसपछि उनी २०७७ साउन ८ गते डिल्लीबजार कारागारबाट रिहा भए। 

nimb
nimb
Ncell 2
Ncell 2

उनी रिहा भएपछि महान्यायाधीवक्ता कार्यालयले फैसला गैरकानूनी भएको भन्दै पुनरावलोकनका लागि निवेदन गरिएको थियो। सोही पुनरावलोकनको फैसला गर्दै बिहीबार सर्वोच्चले कोइरालालाई २० वर्ष कैद हुने फैसला गरेको थियो ।

यस्तो थियो घटना 

डिआईजी कोइराला र श्रीमती गीता ढकालबीचमा सम्बन्ध राम्रो थिएन। उनीहरु छुट्टाछुट्टै बस्दै आएका थिए। यही बीचमा २०६८ पुसमा गीता ढकाल एकाएक बेपत्ता भइन् । गीता बेपत्ता भएपछि उनको माइती पक्षले गीताको खोजीदिन माग गर्दै २०६८ पुस २९ गते प्रहरीमा निवेदन दिएका थिए। 

तत्कालीन समयमा हनुमानढोकामा रञ्जनका साथी एसएसपी राजेन्द्र श्रेष्ठ थिए। बहालवाला डिआईजीले आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेपछि अनुसन्धान पनि निकै जटिल र दबावपूर्ण थियो। प्रहरीसँग रञ्जनलाई तत्काल पक्राउ गर्न ठोस प्रमाण थिएन। तर, रञ्जनलाई पक्राउ गर्न चर्को दबाव सिर्जना भएको थियो। 

यही दबावकाबीच प्रहरीले रञ्जनलाई बयानमा बोलाएको थियो। उनी उपस्थित भएर हरेकपटक आरोप अस्वीकार गरिरहे। ‘श्रीमतीसित राम्रो सम्बन्ध थिएन, राती–राती एक्लै हिँड्ने, कतै गई होली,’ उनले यस्तै बयान दिने गरेका थिए। तर, माइती पक्षले भने कोइरालाले नै अपहरण गरेको जिकिर गरिरहेका थिए।

रञ्जनको वैवाहिक जीवन पहिलादेखि नै तनावग्रस्त थियो। त्यतिबेला उनीहरु छुट्टिएर बस्थे। ठूला भइसकेका दुई छोराहरु आमासित बस्थे। यही शंकालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढायो। रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण केही थिएन। त्यसैले सुरुमा त प्रमाण जुटाउन प्रहरी केन्द्रित भयो।  गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राती साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान ५ बजेतिर फर्केको प्रहरीलाई जानकारी आयो। 

त्यसपछि हरेक गतिविधिमाथि निगरानी बढाइयो। २०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा लास ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले फेला पारेको खबर प्रहरीले पायो। आफ्नै गाउँ नजिक यसरी लास जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थालेका थिए।

रञ्जन घटनास्थलमा दोस्रोपटक पुगेका थिए। उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीमा बुझाए। तर, आफू सशस्त्रको डीआईजी भनेर उनी सजिलै छुट्न सफल भएका थिए। 

हनुमानढोका रञ्जन पुगेको खबर लगत्तै पक्राउ गर्न सर्कुलर गरिएको थियो। त्यहाँबाट फर्किने क्रममा नागढुंगामा पक्राउ गरियो। त्यसलगत्तै रञ्जनले अपराध गरेको स्वीकार गरे। लासको डिएनए टेस्ट गरियो। त्यसबाट पनि गीताकै भएको प्रमाणित भयो। 

प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको देखिएको थियो। हत्यापछि प्रमाण नष्ट गर्नका लागि लासलाई गाडीमा हालेर पालुङ पुर्‍याइएको, पेट्रोल पनि घरबाटै लिएर गएको र राति जंगल छेउमा गाडी रोकेर लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पाइएको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १२:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ
सम्बन्धित सामग्री
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
२४ घण्टामा ९९३ सवारी चालक कारबाहीमा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म मंगलबार, भदौ ९, २०८३
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
‘रेडबुल १३औँ कृति अवार्ड्स’को घोषणा, २४ नयाँ विधामा प्रतिस्पर्धा मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्