काठमाडौं– सरकारले पेट्रोलियम पदार्थमा हाल लगाइँदै आएको कर समायोजन (घटाउने) तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थमा हाल लगाइँदै आएको कर समायोजन गर्ने सम्बन्धमा प्रस्ताव पारित भएको जानकारी दिए।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै मन्त्री बडूले मंगलबार (जेठ १०) बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा हाल लिइँदै आएको कर समायोजन गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको जानकारी दिए।
'पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारद्वारा हाल पेट्रोलियम पदार्थमा लिइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने प्रस्ताव २०७९ जेठ १० गतेको मन्त्रिपरिषद्बाट पारित भएको र कर समायोजनका सम्बन्धनमा अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको छ,' मन्त्री बडूले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।