काठमाडौं–कैलालीको बर्दगोरिया र घोडाघोडीबाट प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँ र सुन बरामद गरेको छ।
बर्दगोरिया गाउँपालिका ४ सुन्दरपुरस्थित दुर्गा चलाउनेको घरनजिक खेतबारीमा खाडलमा गाडेको अवस्थामा भारतीय रुपैयाँ २ लाख २२ हजार रुपैयाँ प्रहरीले बरामद गरेको हो।
यस्तै, घोडाघोडी नगरपालिका ८ बस्ने लालबहादुर थापाको घरनजिकको खेतबारीमा खाल्डो खनी पुरेको अवस्थामा २३ लाख ४६ हजार तथा २ तोला सुन गरी २५ लाख ६८ हजार भारतीय रुपैयाँ फेला पारी बरामद गरेको कैलाली प्रहरीले जनाएको हो।
भारतका विभिन्न स्थानबाट चोरी गरी भारतीय रुपैयाँ र सुन ल्याई लुकाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले उक्त रकम र सुन बरामद गरेको कैलाली प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।