• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

काठमाडौंमा श्रीमतीको हत्या गरेपछि लास जलाउन पेट्रोलसहित पालुङ पुगेका थिए रञ्जन

64x64
नेपाल लाइभ बिहीबार, जेठ १२, २०७९  १८:४६
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलका तत्कालीन नायव महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई कर्तव्य ज्यानको मुद्दामा कैद सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ।

सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले यसअघि गरेको फैसला उल्टाउने फैसला सुनाएको हो।  महाअभियोगपछि हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संयुक्त इजलासले गरेको फैसला उल्टाउँदै सर्वोच्च अदालतले कोइरालालाई जन्म कैदको सजायमा सहुलियत दिन नसकिने फैसला सुनाएको हो। 

यसअघि गत असार १५ गते राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो। 

सजाय घटाउन सर्वोच्चको तर्क
नेपाल प्रहरीका पूर्व डिआइजी कोइरालाले आफू निर्दोष रहेको जिकीर गर्दै सर्वोच्च रिट दायर गरेका थिए। अदालतमा पेस भएका प्रमाण केलाउँदा रञ्जनले श्रीमती गीताको हत्या गरेको ठहर सर्वोच्चले गरेपनि सजाय भने भारी मात्रामा कटौती गरेको छ। ‘२०६८ पुस २७ गते दुई जनाबीच भएको वादविवादपछि हात हालाहाल हुँदा रञ्जनले नै हत्या गरेको पुष्टि हुन्छ,’ सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, 'गीता ढकालले व्यापारका लागि पैसा मागेका कारण कोइराला दम्पतीबीच विवाद भएको र दुवै पक्षबीच झैझगडा र वादविवाद भई आवेगमा आई रञ्जन कोइरालाले धकेल्दा भित्तामा ठोकिएर गीताको मृत्यु भएको देखिन्छ।’  

रञ्जनले प्रहरीसमक्ष आफैंले हत्या गरेको भनी गरेको बयान, लास जलाएको स्थानमा भेटिएका हड्डीका टुक्रा, आगोले डढेको लेडिज घडी, शरीरको आधाभन्दा बढी हिस्सा जलेको अवस्थामा फेला परेको शवको लासजाँच मुचुल्का, घटनास्थल प्रकृति मुचुल्काको व्यहोरा, घटनास्थल भेटिएका अवशेषहरू महिलाको भएको, शरीर पूरै जलेको भन्ने शव परीक्षण प्रतिवेदनलगायतलाई अदालतले प्रमाणको रुपमा स्वीकार गरी फैसला गरेको पूर्णपाठमा भनिएको छ। 

‘गीताको मृत्युपछि दुई नाबालक छोराको हेरचाह, संरक्षण एवं शिक्षादीक्षालगायतका कार्य अभिभावकविहिनताको कारणले अनिश्चय र अन्योल हुन गई उनीहरुको हितमा दुरगामी प्रभाव पर्न जाने कारणले जन्मकैदको सजाय गर्दा चर्को पर्न जानेजस्तो चित्तमा लागेको हुदाँ फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १७ (क) बमोजिम कैद गर्दा सजायको मकसद पूरा हुने देखिन्छ। रन्जनप्रसाद कोइरालालाई ८ वर्ष ६ महिना कैद हुने ठहर्छ,’ फैसलामा भनिएको छ। 

‘मकवानपुरको मेत्राङमा पाइएको अस्थिपञ्जर गीता ढकालकै रहेछ र निजलाई मृत्युपश्चात् जलाइएको रहेछ भन्ने कुरा प्रमाणित हुन आई मिसिलमा जेजस्ता दशी प्रमाणहरू मौजुद छन्। तिनको समग्रमा अध्ययन र विश्लेषण गरी हेर्दा रञ्जनप्रसाद कोइराला निर्दोष भन्न सकिने अवस्था देखिएन,’ फैसलामा भनिएको छ, ‘प्रमाणहरुको मूल्याङ्कन गर्दा मृतक गीता ढकालको मृत्यु रञ्जनप्रसाद कोइरालाबाटै भएको देखिन आयो।’ 

यसरी गीताको हत्यामा रञ्जनलाई नै जिम्मेवार ठहर गरेपनि सर्वोच्च अदालतले उनलाई भएको सजाय घटाइदिएको हो। शुरुमा सर्वश्वसहित जन्मकैदलाई जन्मकैदमा झारिदिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

सर्वोच्च अदालतको यस्तो आदेशपछि अब रञ्जन यसै साता छुट्ने भएका छन्। ८ माघ २०६८ बाट हालसम्म थुनामा बसेकोमा सर्वोच्च अदालतको ठहर बमोजिम ८ वर्ष ६ महिना यही ७ साउन २०७७ मा पुग्दैछ। अबको पाँच दिनपछि रञ्जन थुनामुक्त हुने भएका छन्। 

यस्तो थियो घटना 
डिआइजी कोइराला र श्रीमती गीता कोइरालाका बीचमा सम्बन्ध राम्रो थिएन। उनीहरु अलग्गै बस्दै आएका थिए। उनीहरुका २ जना छोरा छन्। गीता ढकाल एकाएक बेपत्ता भइन्। छोरी बेपत्ता भएपछि माइती पक्षले खोजी गरे तर पत्ता लाग्न नसकेपछि २०६८ पुस २९ गते रञ्जनले श्रीमती गीता ढकाललाई बेपत्ता पारेको दाबी गर्दै माइती पक्ष हनुमानढोकामा उजुरी दिर्ता गराएका थिए। 

तत्कालीन समयमा हनुमानढोकमा रञ्जनका साथी एसएसपी राजेन्द्र श्रेष्ठ थिए। बहालवाला डिआइजीले आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेपछि अनुसन्धान पनि निकै जटिल र दबाबपूर्ण थियो। प्रहरीसँग रञ्जनलाई तत्काल पक्राउ गर्न ठोस प्रमाण थिएन। तर रञ्जनलाई पक्राउ गर्न चर्को दबाव सिर्जना भएको थियो। तत्कालीन समयमा सञ्चार माध्यमले पनि यसलाई महत्व दिएर उठाएका थिए। 

यही दबाबका बीच प्रहरीले रञ्जनलाई बयानमा बोलाएको थियो । उनी उपस्थित भएर हरेक पटक आरोप अस्वीकार गरिरहे। ‘श्रीमतीसित राम्रो सम्बन्ध थिएन, राती–राती एक्लै हिँड्ने, कतै गई होली,’ उनले यस्तै बयान दिने गरेका थिए। तर, माइती पक्षले भने कोइरालाले नै अपहरण गरेको जिकिर गरिरहेका थिए।

रञ्जनको वैवाहिक जीवन पहिलादेखि नै तनावग्रस्त रहेको थियो। त्यतिबेला उनीहरु छुट्टएिर बस्थे। ठूला भइसकेका दुई छोराहरु आमासित बस्थे। यही शंकालाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढायो। रञ्जनमाथि शंका गर्ने धेरै आधारहरु भए पनि प्रमाण केही थिएन। त्यसैले सुरुमा म प्रमाण जुटाउन प्रहरी केन्द्रित भयो।  गीताको अपहरण भएको भनिएको दिन रञ्जनको गाडी राती साढे ८ बजे नागढुंगा बाहिर गएर बिहान ५ बजेतिर फर्केको 'क्लू' प्रहरीलाई हात लाग्यो।

त्यसपछि हरेक गतिविधिमाथि निगरानी बढाइयो।  २०६८ पुस २८ गते बिहान मकवानपुरको पालुङमा एउटा लास ७० प्रतिशत जलेको अवस्थामा स्थानीयवासीले फेला पारेको खबर प्रहरीले पायो। आफ्नै गाउँ नजिक यसरी लास जलाइएको पाइएपछि स्थानीयवासीले त्यो ठाउँमा निगरानी गर्न थालेका थिए। रञ्जन घटनास्थलमा दोस्रोपटक पुगेका थिए। उनको गतिविधि शंकास्पद देखेर स्थानीयवासीले नियन्त्रणमा लिई प्रहरीमा बुझाएका समेत थिए। तर, आफू सशस्त्रको डीआइजी भनेर उनी सजिलै छुट्न सफल भएका थिए। 

हनुमानढोका रञ्जन पुगेको खबर लगत्तै पक्राउ गर्न सर्कुलर गरिएको थियो।  त्यहाँबाट फर्किने क्रममा नागढुंगामा पक्राउ गरियो। त्यसलगत्तै रञ्जनले अपराध गरेको स्वीकार गरे। लासको डिएनए टेस्ट गरियो। त्यसबाट पनि गीताकै भएको प्रमाणित भयो। 

प्रहरीको अनुसन्धानमा रञ्जनले घरमै गीताको हत्या कपडाले घाँटी थिचेर गरेको देखिएको थियो । हत्यापछि प्रमाण नष्ट गर्नका लागि लासलाई गाडीमा हालेर पालुङ पुर्‍याएको, पेट्रोल पनि घरबाटै लिएर गएको र राति जंगल छेउमा गाडी रोकेर, लास जलाएको र पूर्णरुपमा जलिनसक्दै फर्किएको पाइएको थियो। 

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु मंगलबार, भदौ ९, २०८३
नेपालमा भोलिदेखि सामसङका नयाँ ग्यालेक्सी फोल्डेबल र वाच, मूल्य ३ लाख ३९ हजार ९९९ सम्म मंगलबार, भदौ ९, २०८३
दीपक भट्टको शंकास्पद कारोबारमाथि सीआईबीको एक्सन, थप चार जना पक्राउ मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्