वीरगञ्ज– स्रोत नखुलेको साढे ९ लाख रुपैयाँसहित पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक छन्।
भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतको बिहार राज्य बेतिया ग्रामपञ्चायत गुर्वलियाका ४२ वर्षी संजय रामलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।
प्रहरीले उनलाई वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक रामलाई उक्त श्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पक्राउ परेका राममाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।