सुर्खेत– दैलेखमा भएको बस दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत भएको छ। दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बुधबार बस दुर्घटना भएको थियो।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए। बसमा सवार अन्य व्यक्ति घाइते भएका छन्।
घाइतेको स्थानीय स्वास्थ्यचौकी र कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचार भइरहेको छ। म १ ख ६६० नम्बरको बस कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गर्दा गएराति दुर्घटना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।