काठमाडौं–दैलेखको आठबीसकोट नगरपालिका २ सिस्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। मुगुबाट नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस कर्णाली राजमार्गअन्तर्गतको सिस्नेमा दुर्घटना भएको हो।
दुर्घटनामा ९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक भूवनेश्व र तिवारीले बस कर्णाली नदीमा खसेको जानकारी दिए। अहिले प्रहरी घटनास्थलमा पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।