धनगढी–कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले पदभार ग्रहण गरेका छन्। बुधबार पदभार ग्रहण गर्दै उनले विभिन्न सात वटा निर्णय गरेका छन्।
अध्यक्ष उपाध्यायले जनयुद्धकालीन घाइते तथा अपांगहरुको परिचयपत्रका आधारमा उपचार व्यवस्था मिलाउने पहिलो निर्णय गरेका छन्। त्यस्तै सहिद बेपत्ता, द्वन्द्वपीडित र विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई अध्ययन गर्न एक छात्रा र एक छात्रलाई कोटा निर्धारण गराउने, निःशुल्क बाली तथा पशुपंक्षी बिमा कार्यक्रम लागू गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमै गर्इ वितरण गर्नेलगायत निर्णय उनले गरेका छन्।
सडक सन्जाल नजोडिएका सबै ठाउँमा सडक विस्तार गर्ने र सुगरखाल र पण्डौन स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पतालमा विकसित गर्ने र भूमिहीन, अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने निर्णय गरेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।