काठमाडौं– उदयपुरको कटारी नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। उनले स्वतन्त्रबाट उम्मेदवार बनेका कृष्णप्रसाद बराललाई ४ सय ६५ मतान्तरले पराजित गरेका हुन्।
मेयरमा निर्वाचित श्रेष्ठले ६ हजार ४१७ मत प्राप्त गरेका छन् भने पराजित बरालले ५ हजार ९ सय ५२ मात्र प्राप्त गरे।
यसैगरी कटारी नगरपालिकाको उपमेयरमा भने एमालेकी गीता खड्का निर्वाचित भएकी छन्। खड्काले गठबन्धनबाट उठेका माओवादी केन्द्रका विनोद कटुवाललाई २ हजार ५ सय ९२ मत अन्तरले जितेकी हुन्।
खड्काले ६ हजार ४ सय १३ मत प्राप्त गरेकी छिन् भने कटुवालले ३ हजार ८ सय २१ मात्र मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।