काठमाडौं– सरकारले सबै प्रकारका अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्षम बनाउने नीति लिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलाई प्रविधिमैत्री बनाउँदै सबै प्रकारका अपराध नियन्त्रण गर्न सक्षम बनाइने उल्लेख छ।
आतंकवाद, विद्युतीय अपराध, लागू औषधलगायत सबै प्रकारका अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्षम बनाइने बताइएको छ।
अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय अपराध नियन्त्रण र त्यस्ता अपराधमा हुने लगानीलाई निरुत्साहित गरिने नीतिमा उल्लेख छ।
बोर्डर आउट पोष्ट (बिओपी)लाई पनि सशक्त बनाइने सरकारले बताएको छ। साथै कारागारलाई सुधार गृहमा परिणत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यसका लागि कारागार सुधार योजना लागू गर्ने र खुला कारागारलाई वैकल्पिक अवधारणा कार्यान्वयनमा लैजाने पनि बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।