काठमाडौं–सुरक्षा निकायलाई आवश्यक पर्ने बिस्फोटक पदार्थ तथा गोली गठ्ठाहरुमा आत्मनिर्भर बनाइने सरकारले जनाएको छ।
मंगलबार प्रस्तुत नीति तथा कार्यक्रममा सुरक्षा निकायलाई आवश्यक पर्ने बिस्फोटक पदार्थदेखि गोली गठ्ठासम्म आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ।
त्यसैगरी सुरक्षा निकायका लागि आवश्यक पर्ने लत्ताकपडामा पनि आत्मनिर्भर बनाइने बताइएको छ। नेपाली सेनाका लागि आवास पनि बनाइने बताइएको छ। राष्ट्रिय प्रतिरक्षा विद्यालय पनि सञ्चालनमा ल्याइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।