काठमाडौं– फ्रान्सको राजधानी पेरिसस्थित कतार दूतावासभित्र सोमबार एक सुरक्षा गार्डको हत्या भएको छ। घटनाको आतंकवादसँग कुनै सम्बन्ध नभएको प्रहरी अधिकारीहरूले बताएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार घटना स्थानीय समय अनुसार बिहान ६ः३० बजे भएको हो। दूतावासभित्र पसेपछि शंकास्पद व्यक्तिले सुरक्षा गार्डसँग झगडा गरेका थिए।
समाचारमा जनाइएअनुसार पेरिसका प्रहरी अधिकारीहरूले एक सुरक्षा गार्डको मृत्युको पुष्टि गरेका छन्। यस घटनामा एक जना पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।