काठमाडौं–बलात्कार तथा यौन हिंसाको आरोपमा पक्राउ परेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले सोमबार पाण्डेलाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। योसँगै पाण्डेविरुद्ध यौन हिंसा र मानव बेचबिखन तथा ओसारपसार गरी दुईवटा मुद्दामा अनुसन्धान हुने भएको छ।
आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पाण्डे गत शनिबार पक्राउ परेका थिए।
एक किशोरीले आठ वर्ष अघि सन् २०१४ मा भएको एक सौन्दर्य प्रतियोगितामा आफूमाथि बलात्कार भएको सार्वजनिक गरेकी थिइन्।
प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीका नाममा आयोजक मध्येका एक पाण्डेले पेय पदार्थमा नसालु पदार्थ मिसाई खुवाएर बेहोस बनाई बलात्कार गरेको पीडितको दाबी छ।
पाण्डे पक्राउ परेपछि उनीबाट पीडित भएको भन्दै प्रहरीको सम्कर्पमा पुगेकी अर्की एक किशोरीले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पाण्डेविरुद्ध जाहेरी दिएकी छिन् । ती किशोरीले यौन हिंसाको जाहेरी दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।