काठमाडौं– ८ वर्ष अघिको बलात्कार घटनाको आरोपमा पक्राउ परेका मोडेल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध अर्की एक किशोरीले जाहेरी दिएकी छन्।
शनिबार पाण्डे पक्राउ परेपछि उनीबाट पीडित भएको भन्दै प्रहरीको सम्कर्पमा पुगेकी एक किशोरीले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा पाण्डेविरुद्ध जाहेरी दिएकी हुन्। ती किशोरीले पाण्डेविरुद्ध यौन हिंसाको कसुरमा किटानी जाहेरी दिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले जानकारी दिए।
जाहेरी दिएकी किशोरीले आफू १८ वर्षभन्दा कम उमेरको रहेको समेत बताएकी छन्।
पाण्डेले आठ वर्षअघि सन् २०१४ मा आयोजना गरिएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि उनी पक्राउ परेका थिए। ८ वर्ष अगाडिको घटना भएकाले बलात्कारको मुद्दामा हदम्यान नाघिसकेको भन्दै प्रहरीले उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरअन्तर्गत म्याद लिएर अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।