काठमाडौं–नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले नोक्सानी बढेको भन्दै ग्यासको मूल्यमा वृद्धि गरेको हो।
आइतबार राति निगमले विज्ञप्ति जारी गर्दै ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँले वृद्धि भएको जनाएको हो। अब ग्यास प्रतिसिलिण्डर १८ सय रुपैयाँ पुगेको छ।
यस्तै, निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पर्ने भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।