काठमाडौं–पर्सामा एक युवकको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ठोरी गाउँपालिका–५ ठूलो माघमोर्चा बस्ने २३ वर्षीय प्रवीण पाख्रिनको हत्या भएको हो। जेठ ६ गते माघमोर्चा मन्दिर छेउमा बेहोस अवस्थामा पाख्रिन भेटिएका थिए। टाउको र अनुहारमा चोट लागेको अवस्थामा भेटिएका उनी उपचारको क्रममा वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा आइतबाबर बिहान मृत्यु भएको थियो।
अनुसन्धानको क्रममा पाख्रिनको हत्या भएको खुलेपछि हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा एक १७ वर्षीय किशोर छन्। उनले पाख्रिनलाई ढुंगा प्रहरी गरी हत्या गरेको प्रहरीको दाबी छ।
हत्यामा अन्य तीन जना पनि संलग्न रहेको खुलेको र उनीहरु फरार भएको प्रहरीले जनाएको छ । फरारको खोजी सुरु गरिएको छ। हत्याको कारण भने खुलिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।