काठमाडौं- एसियामा अमेरिकी गठबन्धनहरूलाई सुदृढ पार्ने भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेन आइतवार जापान पुगेका छन्।
वाइडेनले अमेरिकी राष्ट्रपतिको रुपमा एशियाको आफ्नो पहिलो यात्रा गर्दै छन्। यसैक्रममा टोकियोबाहिर योकोटा एयर बेसमा उनी पुगेका छन्।
क्वाड क्षेत्रीय समूहको शिखर सम्मेलनमा सामेल हुनुअघि सोमबार वाइडेनले जापानका प्रधानमन्त्रीसँग भेट्ने र यस क्षेत्रको लागि अमेरिकी नेतृत्वको व्यापार पहलको अनावरण गर्ने कार्यक्रम रहेको छ।
अमेरिकी राष्ट्रपति जो वाइडेनले शनिबार दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति युन सुक योलसँग पहिलो शिखर वार्ता गर्नु भएको थियो। यो शिखर सम्मेलन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा भएको थियो। उक्त वार्ताका क्रममा दुई देशबीचको गठबन्धन गहिरो र व्यापक रणनीतिक सम्बन्धमा परिपक्व हुँदै गएको धारणा व्यक्त गरिएको थियो।
राष्ट्रपति वाइडेन तीन दिने भ्रमणका लागि शुक्रबार यहाँ आइपुगेका थिए। अमेरिकी राष्ट्रपतिले कोरियाली राष्ट्रपति उचित समयमा वासिङ्टन भ्रमणको निम्तो दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।