सिरहा– सिरहाको अर्नमा गाउँपालिकामा शनिबार राति बाबु र छोराको हत्या भएको छ। घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो।
सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको थियो। विवाहको कुरा छिनिएपछि गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेका दुबैको हत्या भएको स्थानीयवासीले बताएका छन्। उनीहरुका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब ३ बजे हत्याको घटना गाउँभरी फैलिसकेको थियो।
घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। 'घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौं,' उनले भने, 'हत्या कसले र किन गरेको भन्नेबारेमा केही खुल्न सकेको छैन्, हामीले अनुसन्धान गरिरहेका छौं।'
प्रहरीले अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ। राससको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।