• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!
64x64
विश्वरसिंह मेवाहाङ सोमबार, जेठ ९, २०७९  २०:०४
1140x725

चुनावको करिब एक हप्ताअघि काठमाडौं घर भएका काकाले फोन गर्नु भयो। उहाँले सिधै चुनावबारे सोध्नुभयो, ‘के छ केटा चुनावको चहलपहल गाउँघरतिर?’

मैले कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाको अवस्था तथा गतिविधिबारे छोटकरीमा बताएँ। अनि काठमाडौंतिरको राजनीतिक माहोलबारे सोधेँ। काकाले फोन राख्नुभन्दा अघि यति मात्र भन्नुभयो, ‘हामी त यसपालि एक छाप चाहिँ लौरोमा ठोक्ने भयौं।’

एमालेको संगठित सदस्यसमेत रहेका र राजनीतिमा सक्रिय कार्यकर्ताको मुखबाट यस्तो कुरा सुन्दा म आश्चर्यमा परेको थिएँ। तर, काका मात्र एक जना हुनुहुँदो रहेनछ, जो कुनै पार्टीको सक्रिय कार्यकर्ता भएर ‘एक भोट’ चाहिँ लौरोमा हालोस्। त्यसैले मैले अब काकाप्रति आश्चर्य जनाइरहनु परेन।

काठमाडौंको प्रारम्भिक मतगणना सुरु हुँदा काकाको संकेत परिणाममा देखिन थालिसकेको थियो। काठमाडौंमा अघिल्लो पटक मेयरमा जितेको एमाले मात्र नभएर एमालेविरुद्ध ‘महागठबन्धन’ बनाएको कांग्रेस र माओवादीसहितका दलका साझा उम्मेदवार पनि धेरै पछि परिसकेका छन्।

लौरो अर्थात्, बालेन शाह मुलुकको संघीय राजधानी शहरमा यसरी उदाए कि कुनै चलचित्रमा नायिकालाई लखेटिरहेको गुण्डाहरूसँग 'फाइट' गर्न एक्कासी नायक आएको छ। उनको उदयमा विशेषगरी युवा जमात निकै उत्साहित छ। राजधानीबाट फैलिएको बालेन शाहको चर्चा अहिले देशैभरि पुगिसकेको छ। उनको जितमा रोमाञ्चित बन्नेहरू काठमाडौंबाहिर पनि धेरै भइसकेका छन्।

काठमाडौंमा मात्र होइन, सुनसरीको धरान उपमहानगरपालिकामा पनि सत्ता गठबन्धन र एमाले दुवैलाई पछि पार्दै स्वतन्त्र उमेदवार हर्क साम्पाङ मेयरमा निर्वाचित भएका छन्। एमालेको ‘लाल किल्ला’ भनिएको धरान अघिल्लो उपनिर्वाचनमा नै कांग्रेसले खोसेको थियो। अहिले दलहरूलाई हाराबार खेलाएर हर्क साम्पाङ आए। कैलालीको धनगढी उपमहानगरमा स्वतन्त्र उमेदवार गोपाल हमालले पनि जित कायम गरिसकेका छन्। 

कसरी जन्मिन्छन् ‘बालेनहरू’?
दुनियाँ आधुनिक प्रविधिको विकासमा फड्को मारिरहेको बेला नेपाल चाहिँ ढुंगे युगबाट भर्खर कृषि युगमा प्रवेश गरेजस्तो बामे सरिरहेको छ। नेपाली जनताले जुन विश्व देखेको छ, त्यो केवल सपना र कल्पनामा मात्र सीमीत छ। मुलुकलाई विश्व समृद्धिकै हाराहारीमा पुर्‍याउने चाहनामा राजनीतिक दल र नेतृत्व नै बाधक भएको आम जनताको ठहर छ।

नेपाल एकीकरण हुनु र अमेरिका स्वतन्त्र हुनु सँगसँगै थियो। नेपालमा प्रजातन्त्र आउनु र भारतमा स्वतन्त्रता आउनु पनि सँगसँगै थियो। तर, आज नेपाल र ती दुई मुलुकको विकास र समृद्धि तुलना गर्दा आकाश–पातल जस्तो छ। नेपालको गरिबी र गरिबीको कारण नेपालीले विश्व दुनियाँमा भोग्नु परेको अपहेलनाको विषय उठान गर्न पनि डर लाग्दो छ। 

Ncell 2
Ncell 2

त्यहीकारण राजनीतिप्रति धेरैको तीव्र आक्रोश छ। नेतृत्वप्रति भयानक घृणा छ। राज्य संयन्त्रप्रति चरम अविश्वास छ। शासन प्रणालीप्रति असंख्य विरोध छ। जनताको यी आक्रोश घृणा, विरोध, असन्तुष्टि, अविश्वास पोख्ने ठाउँ चुनाव मात्रै हो। यसैको फलस्वरूप ‘बालेनहरू’ जन्मिन्छन्। 

बालेनहरू अर्थात्, चुनावमा उदाएका स्वतन्त्र उमेदवारहरू दलीय नेतृत्वभन्दा खास भिन्न छैनन्, तर उनीहरूलाई जनताले हेर्ने चस्मा भने खास फरक छ। आम जनमानसमा दलीय नेतृत्व भनेको भ्रष्टाचारी, दुराचारी, जनविरोधी, अक्षम भन्ने दरिलो छाप बसेको छ। यसबाट उन्मुक्ति पाउन उनीहरू स्वतन्त्र व्यक्तिको पक्षमा उभिएका हुन्। 

दलीय व्यवस्था भएपछि दल हाबी हुन्छ। दलले छनौट गरेको नेतृत्व सक्षम र जनमुखी नै हुन्छन् भन्ने कुनै सुनिश्चित हुन्न। जब दलले कुनै कारणबस अक्षम, अयोग्य र अलोकप्रिय मान्छे छनौट गर्छ, तब जनता बालेनहरूको खोजीमा जुट्छन्। 

‘हिरोइजम’को आकांक्षा!
पञ्चायतकालमा नानीमैयाँ दाहाल र पुहातु चौधरीलाई उक्त व्यवस्थाविरुद्ध भारी मतले विजय गराइयो। राष्ट्रिय पञ्चायतको चुनावमा नानीमैयाँ दाहालले त्यतिबेलाका शक्तिशाली मन्त्री रहेका जोगमेहर श्रेष्ठभन्दा दोब्बर मत पाएकी थिइन्। तर, नानीमैयाँ दाहालको न्यूनतम योग्यता भनेको रिस उठेको बेला अपशब्द बोल्नु र यस्तै हर्कत गर्नु मात्र थियो। 

त्यसैगरी झापाबाट मालेका कार्यकर्ताहरूले पुहातु चौधरीलाई पनि अत्यधिक मतले जिताएर राष्ट्रिय पञ्चायतमा पठाए। चप्पल मात्र लगाएर सभामा प्रवेश गर्ने उनी भुईंमान्छे थिए। एउटा कार्यक्रममा ‘राजा वीरेन्द्रले (भन्नू पर्ने महेन्द्रले) पञ्चायत लादेको हो’ भनेपछि उनी राष्ट्रिय पञ्चायतबाट निकालिए। यी दुवै उमेदवार पञ्चायतलाई खिल्ली उडाउन जिताइएका ‘नेगेटिभ भोटिङ’का पात्रहरू थिए।

तर, अहिले अवस्था र व्यवस्था दुवै फरक छ। बालेनहरू पूरा सुझबुझका साथ चुनावी मैदानमा उत्रिएका छन्। उनीहरूमा समाज विकासका पर्याप्त योजना र दुरदृष्टि पनि छ। जनताका आसा र भरोसा पनि छ। त्यति हुँदाहुँदै पनि बालेनहरूमा ‘नेगेटिभ भोटिङ’को पूरा समर्थन छ। उनीहरू अगाडि बढ्ने मुख्य आधार यही हो। वर्तमान राजनीतिक प्रणाली, राज्य व्यवस्था, शासकीय स्वरुप र दलीय नेतृत्वसँग नकारात्मक विचार राख्नेहरूको मत बालेनहरूमा गएको छ। बालेनहरूलाई चुनाव जित्न यो मत आवश्यक त थियो नै, तर यही मत भोलि सत्ता सञ्चालनमा बाधक हुनेछ।

जतिसुकै लोकप्रिय मत हासिल गरे पनि बालेनहरूलाई कार्यकारीको हैसियतमा शासन चलाउन सजिलो हुने छैन। पहिलो त, कार्यकारी मण्डलमा उनीहरू एक्लै हुनेछन्। विपक्षमा उही कांग्रेस, एमाले, माओवादी र अन्यको बहुमत हुनेछ। लोकतन्त्रमा बहुमतको निर्णय मान्य हुन्छ। त्यस्तो बेला बालेनहरू ‘रबर स्ट्याम्प’ मात्र हुन सक्नेछन्। 

दोश्रो, सम्पूर्ण राज्य प्रणाली दलीय व्यवस्थामा आधारित छ। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सेना, प्रहरी, कुटनैतिक संयन्त्र आदि सबै दलद्वारा नियन्त्रित छन्। यस्तो अवस्थामा निर्दलीय बालेनहरूले सफलतापूर्वक कार्य सञ्चालन गर्न सक्ने कुरै आउँदैन। दलहरूको घेराबन्दीमा परेर बालेनहरू बेसहारा र निर्बलियो हुने जोखिम छ। 

तेस्रो, काम गर्नलाई बजेट चाहिन्छ। नियमित बजेटले मात्र चाहेको विकास गर्न पुग्दैन। पर्याप्त बजेटको लागि संघीय सरकार वा विदेशी दातृ संस्था र मुलुकहरूकै भर पर्नु पर्ने हुन्छ। यी दुवै स्रोतमा दलहरूको नियन्त्रण हुन्छ। यतिबेला पनि बालेनहरूसँग रित्तो हात मात्र हुनेछ।

शासन प्रणालीको विपरीत छन् बालेनहरू
संबिधानतः नेपालको शासकीय स्वरुप बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा आधारित छ। नेपालको संविधान, धारा ७४ मा स्पष्ट यसको उल्लेख छ। शासन प्रणालीमा निर्दलीय व्यक्तिको परिकल्पना गरिएको छैन। राष्ट्रपति, उपराष्टपति, संघीय मन्त्रीपरिषद्, प्रादेशिक मन्त्रीपरिषद् सबै बहुदलीय प्रतिस्पर्धाबाट छनौट भएर गठन हुने व्यवस्था छ। स्थानीय कार्यालिकाको हकमा दलीय व्यवस्थाबारे भने संविधान मौन छ। त्यैपनि माथिल्लो दुई तहको सरकार गठनमा दलीय व्यवस्था भएपछि तल्लो तहको सरकार गठनमा पनि यसको प्रभाव अवश्य पर्छ।

निरंकुश शासनलाई निरुत्साहित र निर्मूल पार्न बहुदलीय व्यवस्थाको परिकल्पना गरिएको हो। पञ्चायतकालमा निर्दलीय व्यवस्था थियो। शासन प्रणालीमा व्यक्ति हाबी हुन्थे। जनचाहना एकातिर र शासन अर्कोतिर हुन्थ्यो। आम जनताको आवाजलाई एक व्यक्तिको आदेशले बन्द गरिन्थ्यो। निर्दलीय शासन प्रणालीको यही अवगुणलाई हटाउन बहुदलीय शासन प्रणालीको स्थापना गरिएको हो।

अर्को महत्त्वपूर्ण विषय जवाफदेहिता हो। दलीय व्यवस्थामा सत्ता सञ्चालनको क्रममा आएका राम्रा–नराम्रा कामको जवाफदेहिता दलहरूले लिनुपर्छ। राम्रा कामको पुरस्कार र नराम्रा कामको सजाय पनि दलहरूले नै पाउँछन्। दलहरूको राजनीति एउटा चुनावको लागि मात्र हुन्न। त्यसैले सुदूर भविष्यसम्म राजनीति गर्न दलहरूले सत्ता सञ्चालनको जवाफदेहिता लिने गर्छन्। उदाहरणको लागि, काठमाडौमा निवर्तमान मेयर विद्यासुन्दर शाक्यको अकर्मण्यताको सजाय एमालेले पाइरहेको छ। तर, निर्दलीय व्यक्ति सत्ता सञ्चालनमा पुग्यो भने त्यसको जवाफदेहिता कसले लिने? जिम्मेवारी कसले लिने? 

यो अर्थमा बालेनहरू शासन प्रणालीको विरुद्धमा छन्। बालेनहरूलाई शासन सुम्पनु भनेको हामी आफैंले व्यवस्था गरेको शासकीय स्वरुपको विरुद्धमा जानु हो। त्यसैले एमाले नेता योगेश भट्टराईले भनेजस्तै स्वतन्त्र उमेदवारहरूले जित्नु भनेको खतराको घण्टी बज्नु हो। 

तर, यी सबै तर्कका विपरीत बालेनहरू लोकप्रिय छन् र चुनाव जित्दैछन्। बालेनहरूको सबभन्दा सकारात्मक पक्ष भनेको दलहरूलाई गम्भीर पाठ हो। दलहरूको अकर्मण्यता, अयोग्यता, अपरिपक्वता र जनचाहनाप्रति दलहरूको उदासिनताविरुद्धमा बालेनहरू उदाएका हुन्। 

अब पनि दलहरूले पाठ नसिके फेरि थुप्रै बालेनहरू जन्मनेछन् र दलीय व्यवस्थाको अन्त्य गरी उही पुरानै पञ्चायत शैलीको शासनमा फर्काउने सहज बाटो बनाइनेछ। त्यसैले, अहिले ‘दलहरूलाई पाठ सिकाएको’ भनेर हामी खुसी त हौँला, तर हाम्रो राजनीतिक प्रणाली र भविष्यमाथि निरंकुशताको बादल पनि मडारिइरहेको छ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विश्वरसिंह मेवाहाङ
लेखकबाट थप
म सडकको मालिक
बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!
ढकमक गुराँसले राताम्मे तीनजुरेको वन (तस्बिरहरू)
सम्बन्धित सामग्री
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व नेपालबाट भ्रष्टाचार उन्मुलन गर्दै राजनीतिक स्थायीत्वसहितको सुशासन र समानतामुलक राज्यव्यवस्थामा टेकेर विश्वव्यापी आधुनिकता र विकासको... आइतबार, भदौ २९, २०८२
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? परिचय:नेपालमा मुख स्वास्थ्य अहिले गम्भीर चुनौतीको रूपमा देखिएको छ। दाँतमा कीरा लाग्ने, गिजाको रोग, मुखको क्यान्सर, टेढामेढा दाँत, दन... शुक्रबार, भदौ २०, २०८२
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान अमेरिकन साइकोलोजिकल एसोसिएशन (एपीए) का अनुसार, बर्नआउट भन्नाले लामो समयसम्मको अत्यधिक कार्य-दबाब र मानसिक तनावका कारण हुने एक प्रकार... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्