• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!

64x64
विश्वरसिंह मेवाहाङ सोमबार, जेठ ९, २०७९  २०:०४
1140x725

चुनावको करिब एक हप्ताअघि काठमाडौं घर भएका काकाले फोन गर्नु भयो। उहाँले सिधै चुनावबारे सोध्नुभयो, ‘के छ केटा चुनावको चहलपहल गाउँघरतिर?’

मैले कांग्रेस, एमाले, माओवादी केन्द्र र जसपाको अवस्था तथा गतिविधिबारे छोटकरीमा बताएँ। अनि काठमाडौंतिरको राजनीतिक माहोलबारे सोधेँ। काकाले फोन राख्नुभन्दा अघि यति मात्र भन्नुभयो, ‘हामी त यसपालि एक छाप चाहिँ लौरोमा ठोक्ने भयौं।’

एमालेको संगठित सदस्यसमेत रहेका र राजनीतिमा सक्रिय कार्यकर्ताको मुखबाट यस्तो कुरा सुन्दा म आश्चर्यमा परेको थिएँ। तर, काका मात्र एक जना हुनुहुँदो रहेनछ, जो कुनै पार्टीको सक्रिय कार्यकर्ता भएर ‘एक भोट’ चाहिँ लौरोमा हालोस्। त्यसैले मैले अब काकाप्रति आश्चर्य जनाइरहनु परेन।

काठमाडौंको प्रारम्भिक मतगणना सुरु हुँदा काकाको संकेत परिणाममा देखिन थालिसकेको थियो। काठमाडौंमा अघिल्लो पटक मेयरमा जितेको एमाले मात्र नभएर एमालेविरुद्ध ‘महागठबन्धन’ बनाएको कांग्रेस र माओवादीसहितका दलका साझा उम्मेदवार पनि धेरै पछि परिसकेका छन्।

लौरो अर्थात्, बालेन शाह मुलुकको संघीय राजधानी शहरमा यसरी उदाए कि कुनै चलचित्रमा नायिकालाई लखेटिरहेको गुण्डाहरूसँग 'फाइट' गर्न एक्कासी नायक आएको छ। उनको उदयमा विशेषगरी युवा जमात निकै उत्साहित छ। राजधानीबाट फैलिएको बालेन शाहको चर्चा अहिले देशैभरि पुगिसकेको छ। उनको जितमा रोमाञ्चित बन्नेहरू काठमाडौंबाहिर पनि धेरै भइसकेका छन्।

काठमाडौंमा मात्र होइन, सुनसरीको धरान उपमहानगरपालिकामा पनि सत्ता गठबन्धन र एमाले दुवैलाई पछि पार्दै स्वतन्त्र उमेदवार हर्क साम्पाङ मेयरमा निर्वाचित भएका छन्। एमालेको ‘लाल किल्ला’ भनिएको धरान अघिल्लो उपनिर्वाचनमा नै कांग्रेसले खोसेको थियो। अहिले दलहरूलाई हाराबार खेलाएर हर्क साम्पाङ आए। कैलालीको धनगढी उपमहानगरमा स्वतन्त्र उमेदवार गोपाल हमालले पनि जित कायम गरिसकेका छन्। 

कसरी जन्मिन्छन् ‘बालेनहरू’?
दुनियाँ आधुनिक प्रविधिको विकासमा फड्को मारिरहेको बेला नेपाल चाहिँ ढुंगे युगबाट भर्खर कृषि युगमा प्रवेश गरेजस्तो बामे सरिरहेको छ। नेपाली जनताले जुन विश्व देखेको छ, त्यो केवल सपना र कल्पनामा मात्र सीमीत छ। मुलुकलाई विश्व समृद्धिकै हाराहारीमा पुर्‍याउने चाहनामा राजनीतिक दल र नेतृत्व नै बाधक भएको आम जनताको ठहर छ।

नेपाल एकीकरण हुनु र अमेरिका स्वतन्त्र हुनु सँगसँगै थियो। नेपालमा प्रजातन्त्र आउनु र भारतमा स्वतन्त्रता आउनु पनि सँगसँगै थियो। तर, आज नेपाल र ती दुई मुलुकको विकास र समृद्धि तुलना गर्दा आकाश–पातल जस्तो छ। नेपालको गरिबी र गरिबीको कारण नेपालीले विश्व दुनियाँमा भोग्नु परेको अपहेलनाको विषय उठान गर्न पनि डर लाग्दो छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यहीकारण राजनीतिप्रति धेरैको तीव्र आक्रोश छ। नेतृत्वप्रति भयानक घृणा छ। राज्य संयन्त्रप्रति चरम अविश्वास छ। शासन प्रणालीप्रति असंख्य विरोध छ। जनताको यी आक्रोश घृणा, विरोध, असन्तुष्टि, अविश्वास पोख्ने ठाउँ चुनाव मात्रै हो। यसैको फलस्वरूप ‘बालेनहरू’ जन्मिन्छन्। 

बालेनहरू अर्थात्, चुनावमा उदाएका स्वतन्त्र उमेदवारहरू दलीय नेतृत्वभन्दा खास भिन्न छैनन्, तर उनीहरूलाई जनताले हेर्ने चस्मा भने खास फरक छ। आम जनमानसमा दलीय नेतृत्व भनेको भ्रष्टाचारी, दुराचारी, जनविरोधी, अक्षम भन्ने दरिलो छाप बसेको छ। यसबाट उन्मुक्ति पाउन उनीहरू स्वतन्त्र व्यक्तिको पक्षमा उभिएका हुन्। 

दलीय व्यवस्था भएपछि दल हाबी हुन्छ। दलले छनौट गरेको नेतृत्व सक्षम र जनमुखी नै हुन्छन् भन्ने कुनै सुनिश्चित हुन्न। जब दलले कुनै कारणबस अक्षम, अयोग्य र अलोकप्रिय मान्छे छनौट गर्छ, तब जनता बालेनहरूको खोजीमा जुट्छन्। 

‘हिरोइजम’को आकांक्षा!
पञ्चायतकालमा नानीमैयाँ दाहाल र पुहातु चौधरीलाई उक्त व्यवस्थाविरुद्ध भारी मतले विजय गराइयो। राष्ट्रिय पञ्चायतको चुनावमा नानीमैयाँ दाहालले त्यतिबेलाका शक्तिशाली मन्त्री रहेका जोगमेहर श्रेष्ठभन्दा दोब्बर मत पाएकी थिइन्। तर, नानीमैयाँ दाहालको न्यूनतम योग्यता भनेको रिस उठेको बेला अपशब्द बोल्नु र यस्तै हर्कत गर्नु मात्र थियो। 

Xtrem

Xtrem

त्यसैगरी झापाबाट मालेका कार्यकर्ताहरूले पुहातु चौधरीलाई पनि अत्यधिक मतले जिताएर राष्ट्रिय पञ्चायतमा पठाए। चप्पल मात्र लगाएर सभामा प्रवेश गर्ने उनी भुईंमान्छे थिए। एउटा कार्यक्रममा ‘राजा वीरेन्द्रले (भन्नू पर्ने महेन्द्रले) पञ्चायत लादेको हो’ भनेपछि उनी राष्ट्रिय पञ्चायतबाट निकालिए। यी दुवै उमेदवार पञ्चायतलाई खिल्ली उडाउन जिताइएका ‘नेगेटिभ भोटिङ’का पात्रहरू थिए।

तर, अहिले अवस्था र व्यवस्था दुवै फरक छ। बालेनहरू पूरा सुझबुझका साथ चुनावी मैदानमा उत्रिएका छन्। उनीहरूमा समाज विकासका पर्याप्त योजना र दुरदृष्टि पनि छ। जनताका आसा र भरोसा पनि छ। त्यति हुँदाहुँदै पनि बालेनहरूमा ‘नेगेटिभ भोटिङ’को पूरा समर्थन छ। उनीहरू अगाडि बढ्ने मुख्य आधार यही हो। वर्तमान राजनीतिक प्रणाली, राज्य व्यवस्था, शासकीय स्वरुप र दलीय नेतृत्वसँग नकारात्मक विचार राख्नेहरूको मत बालेनहरूमा गएको छ। बालेनहरूलाई चुनाव जित्न यो मत आवश्यक त थियो नै, तर यही मत भोलि सत्ता सञ्चालनमा बाधक हुनेछ।

जतिसुकै लोकप्रिय मत हासिल गरे पनि बालेनहरूलाई कार्यकारीको हैसियतमा शासन चलाउन सजिलो हुने छैन। पहिलो त, कार्यकारी मण्डलमा उनीहरू एक्लै हुनेछन्। विपक्षमा उही कांग्रेस, एमाले, माओवादी र अन्यको बहुमत हुनेछ। लोकतन्त्रमा बहुमतको निर्णय मान्य हुन्छ। त्यस्तो बेला बालेनहरू ‘रबर स्ट्याम्प’ मात्र हुन सक्नेछन्। 

दोश्रो, सम्पूर्ण राज्य प्रणाली दलीय व्यवस्थामा आधारित छ। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सेना, प्रहरी, कुटनैतिक संयन्त्र आदि सबै दलद्वारा नियन्त्रित छन्। यस्तो अवस्थामा निर्दलीय बालेनहरूले सफलतापूर्वक कार्य सञ्चालन गर्न सक्ने कुरै आउँदैन। दलहरूको घेराबन्दीमा परेर बालेनहरू बेसहारा र निर्बलियो हुने जोखिम छ। 

तेस्रो, काम गर्नलाई बजेट चाहिन्छ। नियमित बजेटले मात्र चाहेको विकास गर्न पुग्दैन। पर्याप्त बजेटको लागि संघीय सरकार वा विदेशी दातृ संस्था र मुलुकहरूकै भर पर्नु पर्ने हुन्छ। यी दुवै स्रोतमा दलहरूको नियन्त्रण हुन्छ। यतिबेला पनि बालेनहरूसँग रित्तो हात मात्र हुनेछ।

शासन प्रणालीको विपरीत छन् बालेनहरू
संबिधानतः नेपालको शासकीय स्वरुप बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा आधारित छ। नेपालको संविधान, धारा ७४ मा स्पष्ट यसको उल्लेख छ। शासन प्रणालीमा निर्दलीय व्यक्तिको परिकल्पना गरिएको छैन। राष्ट्रपति, उपराष्टपति, संघीय मन्त्रीपरिषद्, प्रादेशिक मन्त्रीपरिषद् सबै बहुदलीय प्रतिस्पर्धाबाट छनौट भएर गठन हुने व्यवस्था छ। स्थानीय कार्यालिकाको हकमा दलीय व्यवस्थाबारे भने संविधान मौन छ। त्यैपनि माथिल्लो दुई तहको सरकार गठनमा दलीय व्यवस्था भएपछि तल्लो तहको सरकार गठनमा पनि यसको प्रभाव अवश्य पर्छ।

निरंकुश शासनलाई निरुत्साहित र निर्मूल पार्न बहुदलीय व्यवस्थाको परिकल्पना गरिएको हो। पञ्चायतकालमा निर्दलीय व्यवस्था थियो। शासन प्रणालीमा व्यक्ति हाबी हुन्थे। जनचाहना एकातिर र शासन अर्कोतिर हुन्थ्यो। आम जनताको आवाजलाई एक व्यक्तिको आदेशले बन्द गरिन्थ्यो। निर्दलीय शासन प्रणालीको यही अवगुणलाई हटाउन बहुदलीय शासन प्रणालीको स्थापना गरिएको हो।

अर्को महत्त्वपूर्ण विषय जवाफदेहिता हो। दलीय व्यवस्थामा सत्ता सञ्चालनको क्रममा आएका राम्रा–नराम्रा कामको जवाफदेहिता दलहरूले लिनुपर्छ। राम्रा कामको पुरस्कार र नराम्रा कामको सजाय पनि दलहरूले नै पाउँछन्। दलहरूको राजनीति एउटा चुनावको लागि मात्र हुन्न। त्यसैले सुदूर भविष्यसम्म राजनीति गर्न दलहरूले सत्ता सञ्चालनको जवाफदेहिता लिने गर्छन्। उदाहरणको लागि, काठमाडौमा निवर्तमान मेयर विद्यासुन्दर शाक्यको अकर्मण्यताको सजाय एमालेले पाइरहेको छ। तर, निर्दलीय व्यक्ति सत्ता सञ्चालनमा पुग्यो भने त्यसको जवाफदेहिता कसले लिने? जिम्मेवारी कसले लिने? 

यो अर्थमा बालेनहरू शासन प्रणालीको विरुद्धमा छन्। बालेनहरूलाई शासन सुम्पनु भनेको हामी आफैंले व्यवस्था गरेको शासकीय स्वरुपको विरुद्धमा जानु हो। त्यसैले एमाले नेता योगेश भट्टराईले भनेजस्तै स्वतन्त्र उमेदवारहरूले जित्नु भनेको खतराको घण्टी बज्नु हो। 

तर, यी सबै तर्कका विपरीत बालेनहरू लोकप्रिय छन् र चुनाव जित्दैछन्। बालेनहरूको सबभन्दा सकारात्मक पक्ष भनेको दलहरूलाई गम्भीर पाठ हो। दलहरूको अकर्मण्यता, अयोग्यता, अपरिपक्वता र जनचाहनाप्रति दलहरूको उदासिनताविरुद्धमा बालेनहरू उदाएका हुन्। 

अब पनि दलहरूले पाठ नसिके फेरि थुप्रै बालेनहरू जन्मनेछन् र दलीय व्यवस्थाको अन्त्य गरी उही पुरानै पञ्चायत शैलीको शासनमा फर्काउने सहज बाटो बनाइनेछ। त्यसैले, अहिले ‘दलहरूलाई पाठ सिकाएको’ भनेर हामी खुसी त हौँला, तर हाम्रो राजनीतिक प्रणाली र भविष्यमाथि निरंकुशताको बादल पनि मडारिइरहेको छ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विश्वरसिंह मेवाहाङ
लेखकबाट थप
म सडकको मालिक
बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!
ढकमक गुराँसले राताम्मे तीनजुरेको वन (तस्बिरहरू)
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्