• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
कविता

म सडकको मालिक

64x64
विश्वरसिंह मेवाहाङ शनिबार, असार ३२, २०७९  ११:३९
1140x725

म सडकको मालिक
मेरो खरबार, मेरो घरबार र मेरो दरबार
यो सडकभन्दा अन्त कहीँ छैन।

म सडकमै जन्मिए, सडकमै हुर्किएँ र सडकमै मर्दैछु
म सडकमै लडेँ, सडकमै उठेँ र सडकमै बढ्दैछु
मलाई सडकले धेरै पटक छाडेर गयो
तर, मैले  कहिल्यै  सडकलाई  छाडिँन
सडकलाई पछ्याउँदै पछ्याउँदै
अहिले म सडकको राजधानीमा आइपुगेको छु।

सडक मेरो लागि एउटा ठूलो विश्वविद्यालय हो
जहाँ जीवन संघर्षका थुप्रै पीएचडी गरेको छु।

सडकले मलाई पालेको छ
बदलामा मैले सडक टालेको छु
सडकले मलाई ओत दिएको छ
सट्टामा मैले नेतालाई भोट दिएको छु
सडकले मलाई जीवनदान दिएको छ
मैले सडकलाई माया दिएको छु।

तर तिमी मलाई सडकबाट लखेट्न खोज्छौ
तिमी र सडकबीच के नाता छ?

तिमी सडकमा गाडी गुडाउँछौ
म सडकमा पेट गुडाउँछु
तिमी सडकमा अभिमान देखाउँछौ
म सडकमा स्वभिमान देखाउँछु
तिमी सडकमा फोहोर फ्याक्दै हिँड्छौ
म सडकमा फोहोर उठाउँदै हिँड्छु
तिमी घरको झ्यालबाट सानो क्षितिज हेर्छौ
म सडकबाट विशाल दुनियाँ हेर्छु।

तिमीसँग मेरो तुलना हुनै सक्दैन
हात्ती र हात्तीछाप  उस्तै होइन।

कहाँ मेरो सडकको गीत, कहाँ तिम्रो आधुनिक र्‍याप
कहाँ मेरो धुलाम्य आँखा, कहाँ तिम्रो फेसनेबल चस्मा
कहाँ मेरो थोत्रो ठेलागाडा, कहाँ तिम्रो चिल्लो पजेरो
कहाँ मेरो आकाश देखिने झुपडी, 
कहाँ तिम्रो आकाश छुने महल
म सडकबाट हिँडेर सडकमै पुग्छु,
तिमी सडकबाट हिँडेर महलमा पुग्छौ
म सडकलाई आफ्नो ठान्छु
तिमी आफ्नालाई सडक ठान्छौ
तिम्रो शहर बनाउने  रहर
मेरो शहरमा जिउने कहर।

Ncell 2
Ncell 2
nimb
nimb

तिम्रो र मेरो ओढ्ने आकाश त एउटै हो
तर टेक्ने धर्ती नितान्त फरक पर्‍यो।

तिमी दरबारको मालिक हौ
म सडकको मालिक हुँ
तिमी सडकमा हिँड्न पनि सक्दैनौ
म त सडकमा सुत्न सक्छु
तिमी सडकमा खर्च गर्छौ
म सडकमा आम्दानी गर्छु
तिमी सडकमा सास पनि फेर्न सक्दैनौ
म सडकबाट व्यवस्था फेर्न सक्छु।

तिमी मेरो स्वमित्व खोस्ने प्रयास नगर 
स्वामित्वको लडाइँ निकै भयानक हुन्छ।

इतिहास हेर
मैले सडकमा धेरै क्रान्ति जन्माएको छु
तिम्रो सिंहसानको मूलबाटो यहीबाट कोरेको छु
तिमीले खाने हरेक सलामीको लागि 
मैले सडकमा धेरै बलिदानी गरेको छु
तिमीले दिने हरेक हुकुममा
मैले सडकबाट शक्ति दिएको छु
तिम्रो शासनको हर लोकप्रियतामा
मैले सडकमा धेरै बदनामी कमाएको छु
जेलमा कोचिएको छु
नेलमा ठोकिएको छु
झेलमा फसेको छु
भेलमा बगेको छु।

Xtrem

Xtrem

तैपनि म अझै सडकमै छु
तिमी कहाँ छौ? मलाई मतलब भएन।

मैले जे जति पाएको छु
त्यो सडकमै पाएको छु
भोक मेटाएको छु
प्यास मेटाएको छु
चिचिभुँडी भरेको छु
एक धरो लगाइदिएको छु
दुई अक्षर पढाएको छु
एक ट्याबलेट सिटामोल खाएको छु।

तिम्रो इज्जतको लागि म सडक  छोड्न सक्दिनँ
तिम्रो अस्तित्वको लागि म मर्न सक्दिनँ।

याद गर
तिम्रो सत्ताले त मलाई पाल्न सकेन
कम्तीमा सडकले त मलाई पालेको छ 
त्यसैले म सडकको मालिक
मेरो स्वामित्व खोसेर 
तिमी मालिक बन्ने प्रयास नगर
स्वामित्वको लडाइँ निकै भयानक हुन्छ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विश्वरसिंह मेवाहाङ
लेखकबाट थप
म सडकको मालिक
बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!
ढकमक गुराँसले राताम्मे तीनजुरेको वन (तस्बिरहरू)
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्