तेह्रथुम- तेह्रथुमको वसन्तपुरबाट केहीअघि बढेपछि पुगिन्छ तीनजुरे क्षेत्र। यहाँबाट सुरु हुन्छ गुराँसको मोहकता। यतिबेला तेह्रथुमको तिनजुरे, मिल्के र जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँसले पर्यटक तानेको छ।
यो क्षेत्रलाई गुराँसको राजधानी पनि भनिन्छ। विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति यहाँ पाइने बताइन्छ। यिनै गुराँस हेर्न अहिले तीनजुरे क्षेत्रमा आन्तरिक पर्यटकको भिड लागेको छ।
यहाँ सीमा जोडिएका ताप्लेजुङ, संखुवासभा, धनकुटाका स्थानीय मात्र नभइ तराई झापा, सुनसरी, मोरङलगायत ठाउँका मानिस गुराँस हेर्न पुग्ने गरेका छन्। यहाँको वनमा चैतदेखि जेठसम्म गुराँस फुल्छ।
तीनजुरे क्षेत्र तेह्रथुमको लालिगुराँस नगरपाकिलामा पर्छ। यो नगरपालिकाले लालिगुराँस पर्यटनलाई जोड दिँदै आएको छ। अहिले उक्त क्षेत्रमा बसोबासका लागि होटेलहरू खुल्ने क्रम पनि बढेको छ।
तस्बिरहरू : विश्वरसिंह मेवाहाङ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।