काठमाडौं– फ्रान्समा भइरहेको ‘कान्स अन्तर्राष्ट्रिय फिल्म महोत्सव’को यस वर्षको संस्करणमा सबै कलाकार तथा फिल्मका हस्तीहरू चकित भए, जब रेड कार्पेटमा एक युवती आफ्नो कपडा खोलेर दौडन थालिन्।
कार्यक्रममा एक महिलाले युक्रेनमा भइरहेको यौन हिंसाको विरुद्धमा कान्सको रेड कार्पेटमा कपडा खोलेर प्रदर्शन गरेकी हुन्। उक्त घट्नाको भिडियो सार्वजनिक भएसँगै अहिले यो विषय चर्चामा आएको छ।
सार्वजनिक भएको भिडियोमा देखिएअनुसार महिलाले आफ्नो शरीरको माथिल्लो भागको कपडा खोलेर विरोध गरेकी छिन्। उनको शरिरको अगाडि पट्टिको माथिल्लो मागमा ‘स्टप रेपिङ अस’ अर्थात ‘हामीलाई बलात्कार गर्न बन्द गर’ लेखिएको छ।
त्यसैको तलपट्टि निलो र पहेलो रंगको युक्रेनको झण्डा बनाइएको छ। ती महिलाले कपडा उतारेर विरोध गर्दै ‘हामीलाई बलात्कार गर्न बन्द गर’को नारा पनि लगाएकी थिइन्।

उनको शरीरको पछाडीको भागमा ‘स्कम’ लेखिएको थियो। स्कम कट्टरपन्थी महिलावादी अभियानमा संलग्न एक संस्था हो । कान्समा भएको घटनापछि यो संस्थाले सामाजिक सञ्जालमार्फत तस्बिर राख्दै लेखेको छ, ‘यी अभियान्ताले रुसी सैनिकले युद्धको समयमा युक्रेनी महिलासँग गरेका बलात्कार यौन उत्पिडनलाई उजागर गरेकी छिन्।’
रेड कार्पेटमा यस्तो घट्ना भएसँगै कान्सका आयोजकहरूले ती महिलालाई त्यहाँबाट हटाएका थिए। सुरक्षाकर्मीले उनलाई कोट पहिराएर कार्यक्रम स्थलबाट हटाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।