काठमाडौं– बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार ती स्थानहरूमा मेघ गर्जन/चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
आइतबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मेघ गर्जन/चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।