काठमाडौं–पछिल्लो २४ घण्टामा हावाहुरीसहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हावाहुरीका कारण चितवनमा तीन र चट्याङ लागेर खोटाङ र सुनसरीमा एक–एक जनाको मृत्यु भएको हो।
हावाहुरीका कारण घाइते हुनेमा चितवनमा दुई, कैलालीमा आठ र चट्याङबाट प्यूठानमा एक जना छन्। पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न १२ जिल्लामा १८ वटा विपद्जन्य घटना भएकामा पाँच जिल्लामा बढी धनजनको क्षति भएको जनाइएको छ । भौतिक क्षतिको भने विवरण आइसकेको छैन। कतिपय ठाउँमा रूख, पोल ढलेर राजमार्ग अवरुद्ध भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।