काठमाडाैं-किराँत समुदायले मनाउने उभौली पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोह शनिबार समापन गरिएको छ। उक्त समारोह यही जेठ २ गते बुद्ध पूर्णिमाका दिनदेखि सुरु गरिएको थियो। समापनका दिन शनिबार किराँत समुदायले साकेला नाच नाचेका थिए।
किराँत समुदायले ऋतु परिवर्तन हुने समयको रूपमा पनि उभौली पर्व मनाउने गर्दछन्। यो पर्वलाई साकेला पर्व पनि भन्ने गरिन्छ। उभौलीको समयमा किरात समुदायले सबैको अन्नबाली राम्रो होस्, पृथ्वीमा कतै पनि आन्नको कमी नहोस् भने धर्तीको पूजा गर्ने प्रचलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।