प्रतिकात्मक तस्बिर
महेन्द्रनगर– कंचनपुरको शुक्लाफाँटा नगरपालिकाअन्तर्गत अर्जुनी ब्यारेक नजिकै जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको से १ च ४४८ नम्बरको जिपले म २ प ६८३३ नम्बरको मोटरसाइकललाई अर्जुनीको जङ्गलमा ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका-५ का ३५ वर्षका गणेश बहादुर बम र १८ वर्षका भुतेष बहादुर बम छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।